सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ साउन ।
पर्सा प्रहरी एक हजार चार सय भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विन्दवासिनी गाउपालिका वडा नं.३ छठीया घाट स्थित सडकखण्डबाट भारतीय कुखुराको चल्ला १३ कार्टुन बरामद गरेको हो ।
मंगलवार अबैध रुपमा तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपाल तर्फ भित्राउदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १३ कार्टुनमा रहेको १ हजार ४ सय गोटा भारतीय कुखुराको चल्ला बरामद गरेको जिप्रका पर्साले जनाएको छ ।
प्रहरी टोलीलाई देख्नासाथ कुखुराको चल्ला छाडेर तस्करहरु फरार भएकोले वेवारिसे अवस्थामा बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया पर्सामा बुझाइएकोमा उल्लेखित चल्लाहरु पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियाद्वारा नष्ट गरिएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले सोमवार वीरगंज महानगरपालिका वडा नं.१६ माईदिया पोखरी स्थित घरकोठामा भन्सार छली भण्डारण गरी राखेको भारतीय मल बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
भारतीय मल र कुखुराको चल्ला बरामद
Facebook Comments Box