spot_img
Homeअर्थचक्रीय अर्थतन्त्रको महत्वबारे छलफल

चक्रीय अर्थतन्त्रको महत्वबारे छलफल

लुम्बिनी, १५ साउन (रासस)
जलवायु परिवर्तन र त्यसका असरसँग जुध्न चक्रीय अर्थतन्त्रको महत्वबारे लुम्बिनी प्रदेशका पत्रकारबीच आजदेखि बुटवलमा छलफल सुरु भएको छ ।
वन्यजन्तु संरक्षण संघ नेपालको आयोजनामा छलफल सुरु गरिएको हो । छलफलमा देशमा चक्रीय अर्थतन्त्र पद्धतिको विषयमा कसरी समाचार सङ्कलन गर्ने भन्नेबारे सहभागी पक्रकारलाई जानकारी गराइएको थियो ।
कार्यत्रमका सहभागीले देशलाई चक्रीय अर्थतन्त्र पद्धतिमा लगेर वातावरण संरक्षण गर्नुपर्र्ने सुझाएका छन् । वातावरण प्रदूषण हुनेखालका सामग्री प्रयोग गर्न नहुने, कुनै नयाँ सामग्री उत्पादन गर्दा त्यसलाई पुनःप्रयोग गर्न मिल्नेगरी उत्पादन गर्ने, उद्योगबाट निस्कने फोहर उद्योगले व्यवस्थापन गर्नुपर्ने र सकेसम्म थोरै फोहर उत्पादन हुने वातावरण सृजना गर्नुपर्नेलगायतका विषयमा छलफल झएको थियो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वातावरण निरीक्षक निर्मल चौधरीले चत्रीय अर्थतन्त्र पद्धतिका आधारभूत विषयमा सबै जानकार हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले यस्ता विषयमा निरन्तर कलम चलाउन सुझाव दिनुभयो ।


चक्रीय अर्थतन्त्र पद्धति लागू गर्न, व्यक्ति, घर, समाज, वडा, पालिका, प्रदेश सरकार र संघ सरकार सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।
वन्यजन्तु संरक्षण नेपालकी निर्देशक सञ्जीवनी योञ्जन श्रेष्ठले विश्वचक्रीय अर्थतन्त्र पद्धतिमा गइरहेको बताउँदै नेपाल पनि सोही पद्धतिमा जानुपर्ने बताउनुभयो । उहाँले उत्पादक तथा, नीति निर्माताहरूले यो विषयमा ध्यान दिनुपर्ने बताउँदै सकेसम्म फोहर उत्पादन नगर्ने, उत्पादन भए पनि त्यसको पुनःप्रयोग गर्ने र नभए माक्रै विसर्जन गर्ने नीति नै चत्रीय अर्थतन्त्र भएको जानकारी दिनुभयो ।
छलफलका क्रममा वातावरण पत्रकारद्वय सुबोध गौतम र पिताम्बर सिग्देलले चक्रीय अर्थतन्त्रसम्बन्धी समाचारको महत्व र विषय तथा लेखन शैलीबारे जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष शेरबहादुर केसीले आधुनिक विकासका नाममा वातावरणीय प्रभावलाई ध्यान नदिँदा समस्या बढ्दै गएको बताउनुभयो । नेपालमा चक्रीय अर्थतन्त्रसम्बन्धी युरोपियन युनियनको आर्थिक सहयोगमा वन्यजन्तु संरक्षण संघ र इम्प्याक्ट हबले नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । छलफलमा रुपन्देही, पाल्पा, दाङ र बाँकेका पत्रकारहरु सहभागी छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -