spot_img
Homeदेशडा राकेशको “मिथिलाका महान् चाडपर्व” लोकार्पण

डा राकेशको “मिथिलाका महान् चाडपर्व” लोकार्पण

काठमाडौँ, १० साउन (रासस)
वरिष्ठ लेखक तथा समालोचक डा रामदयाल राकेशको कृति “मिथिलाका महान् चाडपर्व” आज एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ
यहाँ आयोजित लोकार्पण कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, इतिहास तथा पुरातत्व विभागका पूर्वप्रमुख सोमप्रसाद खतिवडाले मिथिलाका दसैँ र बट सावित्रीलगायतका संस्कृतिबारे कृतिमा राम्रोसँग व्याख्या गरिएको बताउनुभयो । उहाँले कृत्तिले मिथिला पर्व र सम्पूर्ण मिथिला बुझाउन सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मैथिली, नेपाली र अंग्रेजी भाषामा समान रूपले कलम चलाउँदै आउनुभएका डा राकेशले मैथिली समाज र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन महत्वपूर्ण योगदान दिनुभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल भूमिमा सबै भाषाको साहित्यलाई सहर्ष स्वीकार गरिएको छैन । यदि स्वीकार गरिन्थ्यो भने डा राकेशले मदन र जगदम्बा जस्ता पुरस्कार पाइसक्नुहुन्थ्यो ।”
सिमल बुक्स पब्लिकेशनका अध्यक्ष कमल ढकालले लेखक डा राकेशको जन्मदिनका अवसरमा कृति लोकार्पण गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । लेखक राकेशले उक्त कृति र यसभित्रको विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बद्री मास्के, नेपाल प्रज्ञा प्रतिष्ठानका पर््वूसचिव जीवेन्द्रदेव गिरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखकले यसअघि “फोक कल्चर अफ नेपाल” कृति ल्याइसक्नुभएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -