सहारा दैनिक

spot_img
Homeअपराधसशस्त्र प्रहरी बलद्वारा ठुलो परिमाणमा लागुऔषध बरामद

सशस्त्र प्रहरी बलद्वारा ठुलो परिमाणमा लागुऔषध बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० साउन ।
सशस्त्र प्रहरी बल, नेपालले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट स.प्र.ना.उ विश्वराज योन्जनको कमाण्डमा खटीएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार गेट एरियाबाट ठुलो परिमाणमा लागु औषध बरामद गरेको हो ।
भारतबाट वीरगंज तर्फ आउदै गरेको यात्रु वाहक अटोलाई भन्सार मेनगेट स्थित व्यारिएरमा चेकजाँच गर्ने क्रममा डिउटी टोलिलाई देख्ना साथ १ जना ब्यक्ति अटोबाट ओर्लिएर भागे पछि शंका लागेर उक्त अटोलाई पुर्णरुपमा सर्च गर्दा अटोको छत माथि रहेको खुर्सानिको बोरामा लुकाई छिपाई राखेको डाईजापाम २ एमएलको ७०० एम्पुल, नोर्फिन २ एमएलको ७०० एम्पुल र प्रोमेफाजिन २ एमएलको ७०० एम्पुल प्रतिबन्धित लागु औषध फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
फेला परेको लागु औषध नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी प्रहरी चौकी ईनर्वामा बुझाएको जनाएको छ ।
त्ससै गरी सशस्त्र प्रहरी बल बि.ओ.पि. ड्राईपोर्टबाट खटीएको टोलिले वीमनपा वडा नं. २५ खल्वा नाका हुंदै भारतबाट नेपाल तर्फ आउदै गरेका बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. ७ बस्ने २ जनालाई शंका लागेर चेकजांच गर्दा निजहरुले थाई र जुतामा लुकाई छिपाई ल्याउदै गरेको ल्क्ष्त्च्ब्ख्भ्त् त्ब्द्यीभ्त्क् ३८ पत्ता प्रतिबन्धित लागु औषध फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -