सहारा संवाददाता–––––––––––––––
कलैया, ०७ साउन ।
बारा प्रहरीले हुण्डीको रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवाबाट प्र.ब.ना.नि.सन्तोष के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले बिश्रामपुर गााउपालिका वडा नं.१ घोडासहन नाकाबाट रु. १० लाख रकम सहित दुई जनालाई पक्राउ गरेको हो ।
भारतबाट ना ३६ प ४५६३ नम्बरको मोटरसाईकलमा फेटा गााउपालिका वडा नं. ६ पुरैनिया बस्ने अं.वर्ष ४१ को सैदुल्ला मियाँ ठकुराई र मो.सा.पछाडी सवार अं. वर्ष २२ को बागर अंसारीलाई नेपाल तर्फ आउदै गरेको अवस्थामा चेक जाँच गर्दा निजहरूको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रू. १० लाख २० हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
श्रोत नखुलेको रकम फेला परे पछि उनीहरुलाई नियन्त्रणमा लिई हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा, कलैयाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box