सहारा दैनिक

spot_img
Homeअर्थसमृद्ध वीरगंजको लागि सबै जुट्नुको बिकल्प छैन–मेयर सिंह

समृद्ध वीरगंजको लागि सबै जुट्नुको बिकल्प छैन–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ साउन ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने हामीसबै जुट्नुको बिकल्प नभएको बताउनुभएको छ ।
वुमन क्रियशनले े दियालो लर्डस होटल वीरगंजमा आयोजना गरेको व्यापार प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताउनु भएको हो ।
उहाले राजनिती चुनावको बेला गरौं भन्दै अहिले वीरगंज बनाउने अभियानमा एक जुट भएर आफुलाई साथ दिन सबै बर्ग र समुदायलाई आग्रह गर्नुभयो ।
हिजोको वीरगंज र आजको वीरगंजमा आमुल परिवर्तन भएपनि आफु सन्तुष्ट नभएको बताउदै मेयर सिंहले असम्भवलाई सम्भव बनाउने अभियानमा आफु जुटेको हुदा यसकालागि नगरबासीको हौसला, मेहनत र प्रतिबद्धता आवश्यक रहेको बताउनु भयो ।
उहाले समाजसेवा र व्यापारमा माडबारी समुदायका महिलाहरु खुलेर अगाडी आएको बताउदै माडवारी समुदाय उद्योग व्यापारमा मेहनत र समर्पण भावले लागीपर्ने हुदा सफलता हात पारेको दावी गर्नु भयो ।
मेयर सिंहले यो बर्ष वीरगंजबासीलाई धेरै कुराको उपहार दिने अभियानमा महानगर जुटेको बताउर्दै राम्रोलाई राम्रो, सहिलाई सहि र गलतलाई गलत भन्न नसक्दा वीरगंजको विकासले गतिलिन नसकेको बताउनु भयो ।
उहाले राज्यलाइ १ खर्व ५८ अर्व राजश्व दिने वीरगंजलाई सरकारले उपेक्षा गरेकोमा दुखेसो पोख्दै वीरगंजलाई राजश्व उठाउने केन्द्र मात्रै बनाईएको बताउनु भयो ।
महिलाहरुलाई व्यापार तथा उद्यमक्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले आयोजित व्यापार प्रदर्शनीमा महिलाद्धारा उत्पादित घरेलु हस्तकलाका सामाग्री, खाद्य सामाग्री, श्रृंगार सामाग्री, तयारी कपडा, इलेक्ट्रोनिक सामान, फाष्टफुडका बिभिन्न परिकारहरुको ७० वटा स्टल राखिएको छ ।
कार्यक्रममा मधेस प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष अशोक टेमानीले प्रदर्शनीमा भारतबाट समेत स्टलहरु आएको र यो मेला अन्तर्राष्ट्रिय एक्स्पो को रुपमा स्थापीत भएको दाबी गर्दै महिलाहरुको सक्रियतामा प्रदर्शनीको आयोजना हुनुले वीरगंज का महिलाहरु सक्षम रहेको उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
कार्यक्रममा वीरगंज स्थित भारतीय महाबाणीज्य दुतावासका बाणिज्यदुत सन्जय कुमारले वीरगंजमा झण्डै २ हजार परिवार माडबारी समुदायको बसोबास रहेको र उनीहरु उद्योग, व्याफार र समाज सेवामा सक्रिय रहेकोमा खुशी व्यत्त गर्नुभयो ।
वुमन क्रियशन वीरगंजकी अध्यक्ष अन्जु रुंगटाको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधब राजपाल, बरिष्ठ उद्योगपति अशोक बैद्य लगायतका उद्योगी व्यबसायीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -