spot_img
Homeअपराधगत आवमा पर्सा प्रहरीले ५३ करोड भन्दा बढि अवैध सामान बरामद गरे

गत आवमा पर्सा प्रहरीले ५३ करोड भन्दा बढि अवैध सामान बरामद गरे

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ साउन ।
पर्सा प्रहरीले गत आर्थिक वर्षमा बिलबीजक नभएका ५३ करोड भन्दा बढि मूल्य बराबरको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रवार सार्वजनिक गरेको वार्षीक प्रगती विवरण अनुरुप अघिल्लो आवको तुलनामा गत आव २०८०/०८१ मा अवैध रुपमा भन्सार छली तथा बिलबीजक नभएका अवैध सामानहरु रु ५ करोड ३६ लाख ९५ हजार २ सय २७ बढीको बरामत गरेको उल्लेख छ ।
जिप्रकाका अनुसार आव २०७९/८० मा अवैध चोरी–तस्करी गरेर तथा बिलबीजक नभएका गरी कूल रु ४८ करोड ९ लाख ६४ हजार ६ सय ४६ मूल्य पर्ने सामान वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको थियो ।
त्यसै गरी जिप्रका पार्सले गत आर्थिक वर्षमा हुन्डी कारोबारमा संलग्न १७ जना कारोबारीबाट रु ६१ लाख २४ हजार ७ सय जफत गरेको प्रतिवेदन उल्लेख छ ।
जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले सार्वजनिक गरेको प्रतिवेदनमा अघिल्लो आवभन्दा गत आवमा हुन्डी कारोबारमा पक्राउ पर्ने संख्यामा कमी आएको उल्लेख छ ।
पर्सा प्रहरीले आव २०७९/८० मा हुन्डी कारोबारमा संलग्न रहेको भन्दै १७ जनाबाट रु १ करोड ९३ लाख ६६ हजार ३ सय रकम बरामद गरेको थियो ।
प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आव २०८०/०८१ मा भएको १७८१ मुद्दा मध्ये १४०६ मुद्दा फर्छ्यौछ भएको छ । अघिल्लो आव २०७९/०८० मा भने २२७२ मुद्दा दर्ता भएकोमा २०२२ मुद्दा फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै अदालतको फैसला कार्यान्वयन तर्फ गत आव २०८०/०८१ मा फैसला कार्यान्वयन तर्फ १२३०, अनुसन्धानको क्रममा १४० प्रतिवादी पक्राउ गरिएको छ भने कैद तर्फ ३५ वर्ष ४ महिना १७ दिन र जरिवाना रु. ७६ लाख ६ हजार ३ सय ५१ असुल गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो आव २०७९/०८० मा भने फैसला कार्यान्वयन तर्फ १०२०, अनुसन्धानको क्रममा २४३ प्रतिवादी पक्राउ गरिएको छ भने कैद तर्फ ७९ वर्ष १० महिना २६ दिन र जरिवाना रु. १ करोड ६८ लाख ८७ हजार ३ सय ६३ असुल गरिएको थियो ।
यसरी नै जिप्रकाको प्रतिवेदनमा आव २०८०/०८१ मा हा.ह.ख.ख. सम्बन्धी ४ मुद्दा दर्ता भएको थियो भने ६ जना पक्राउ परेको उल्लेख छ । त्यस्तै १९ राउण्ड गोली कटुवा पेस्तोल २ थान, मेड इन युएसए नं. ११ लेखिएको पेस्तोल १ थान, म्याग्जिन १ थान र त्यसमा लाग्ने गोली २ थान बरामद गरेको उल्लेख छ ।
जिप्रकाको प्रतिवेदनमा आव २०८०/०८१ मा घरेलु हिंसा सम्बन्धी उजुरी ३६० उजुरी परेकोमा २९० फछर््यौट भएको थियो । त्यस्तै आव २०७९/०८० मा भने ५२७ घरेलु हिंसा सम्बन्धी उजुरी परेकोमा ५२७ नै फर्छ्रयौट भएको प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक हिंसा तर्फ आव २०८०/०८१ मा २२९९ उजुरी परेकोमा १८७४ फछर््यौट भएको थियो भने ४२५ बाकी रहेको प्रतिवेदनमा उल्लेख छ । आव २०७९/०८० मा भने सामाजिक हिंसा सम्बन्धी परेको १५९४ उजुरी मध्ये १५९४ नै फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -