सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ साउन ।
सशस्त्र प्रहरी बलले छुट्टा–छुट्टै स्थानबाट शुक्रवार नियन्त्रणमा लिएको रु. ४९ लाख ११ हजार १ सय ४५ मुल्य बराबरको सामान सहित एक बस भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले दिल्ली पब्लिक स्कुलको बसबाट अवैध कपडा र मोबिल लगायतका सामानहरु सहित उक्त मुल्य बराबरको सामानहरु नियन्त्रणमा लिइ भन्सार दाखिला गरेको हो ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, प्र.सि.सु.गुल्म वीरगंजबाट खटिएको टोलीले प्रदेश २–०३–००१ क ०११६ नम्बरको दिल्ली पब्लिक स्कुल बसले स्कुलमा अध्यायनरत सिमावर्ती भारतीय सहर रक्सौल निवासी बिद्यार्थीहरुलाई रक्सौल छोडेर नेपाल तर्फ आउने क्रममा अबैध रुपमा भन्सार छली बसमा लुकाई छिपाई लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेटमा चेकजाँच गर्दा रु. २ लाख ६३ हजार ७ सय मुल्य बराबरको कपडा तथा मोविल लगायतका सामानहरु भेटिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
बसमा भन्सार छलीको सामानहरु फेला परे पछि बसका चालक बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४ बस्ने बर्ष ३२ को किशोरी राम र सह–चालक वीमनपा वडा नं. ११ श्रीपुर बस्ने बर्ष ४२ को दिपक गिरीलाई समेत बस सहित नियन्त्रणमा लिई बसको रु. ३० लाख मुल्यांकन गरी आबश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी प्र.सी.सु.गुल्म बीरगंजबाट शुक्रवार नै खटिएको गाडी मोबाईल टोलिले भारतबाट अबैध रुपमा भन्सार छली द्यच् ण्छ ब्प् ज्ञघद्दज्ञ नं.को स्कुटर तथा बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. ८ लाख ८६ हजार २ सय ८० मुल्य बराबरको किराना सामान, कपडा, डाटा केबल र व्यक्तिले प्रयोग गर्ने नर्मल औषधी सहित नियन्त्रणमा लिएको स्कुटरको रु.१ लाख २५ हजार मुल्यांकन गरी आबश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।
यसरी नै स.प्र.बल नेपाल सुरक्षा बेश पोखरियाबाट खटिएको गाडी मोबाईल टोलीले पोखरिया नं.पा. वडा नं. २ बकाहबाट भारतबाट अबैध रुपमा भन्सार छलि ल्याई बिभिन्न स्थानमा लुकाई छिपाई राखेको रु. ६ लाख ३६ हजार १ सय ६५ मुल्य बराबरको बदाम,लावा मिठाई, नरिवल, चिउरा, चिनि र चामल नियन्त्रणमा लिई आबश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
डिपिएस स्कुल बसबाट अवैध कपडा र मोविल बरामद
चालक/सह–चालक सहित स्कुल बस भन्सार दाखिला
Facebook Comments Box