सहारा दैनिक

spot_img
Homeअर्थअवैध कपडाहरु भन्सार दाखिला

अवैध कपडाहरु भन्सार दाखिला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ साउन ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले छापामारी गरी बरामद गरेको अवैध कपडाहरु भन्सार दाखिला गरेको छ ।
विशेष सुचनाको आधारमा खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. २ छपकैया स्थित विभिन्न घरमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएर भण्डारण गरी रखेको कुर्था सुरुवाल, साडि लगायत थानको अन्य कपडाहरु बरामद गरी भन्सार दाखिला गरेको हो ।
संयुक्त टोलीले बरामद गरेको रु. १३ लाख १० हजार ३ सय मुल्य बराबरको विभिन्न कपडाहरु आवस्यक कारवाहीको लागी बिहिवार वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
छापामारीमा सशस्त्र प्रहरी बलका सप्रनाउ विश्वराज योन्जन र सप्रनाउ सुरज रिजालको कमाण्ड र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक विजय चौहानको नेतृत्वमा ठुलो शंख्यामा सुरक्षाकमीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -