सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ साउन ।
पर्सा जिल्लाको दोश्रो सदरमुकाम पोखरिया नगरपालिकामा दिउसौ एक जेष्ठ नागरिक लुटिएका छन् ।
पोखरिया नगरपालिका स्थित बजारमा बिहिबार दिउसो करिब २ बजेको समयमा पोखरिया नपा वडा नं. १ बनकटवा निवासी जेष्ठ नागरिक नारायण राम लुटिएका हुन् ।
पोखरिया नपा वडा नं. ४ पोखरिया बजार स्थित कृषि बिकास बैंकबाट समाजिक सुरक्षा भत्ता रु १२ हजार निकालेर पैदल घर फर्किरहेका जेष्ठ नागरिक राम लुटिएको स्थानीयहरुले वताएका छन् ।
पोखरिया बजारमै रहेको श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय अगाडी मोटरसाइकलमा सवारमा अज्ञात दुई जनाले हामी घुमुवा प्रहरी हुँ भनि चेकजाँच गर्ने बहानामा रामसंग रहेको रु. १२ हजार लुटेको स्थानीयले बताएका छन ।
दिउसै बैंकबाट समाजिक सुरक्षा भात्ता निकालेर घर फर्कीरहेको जेष्ठ नागरिक लुटिने घटनाले स्थानीय सर्वसाधारण त्रसित भएका छन् ।
घटना भएको स्थानबाट इलाका प्रहरी कार्यालय पोखरिया १५० मिटरको दुरी मै रहेपनि दिउसै घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधारण लुटिने घटनाले प्रहरीको कार्यशैलीमाथि प्रश्न खडा भएको हो । यो घटनाले पोखरियाको ब्यसायी, बैंकर, सर्वसाधारण असुरक्षित महसुस गर्न थालेका छन् ।
प्रहरीले शान्ति सुरक्षा भन्दा तस्करहरुमा रमाउन थालेपछि पोखरिया बजार असुरक्षित बन्दै गएको स्थानीयहरुको गुनासो छ ।
इलाका प्रहरी कार्यालय अगाडि ट्राफिक प्रहरी पनि ड्युटीमा खटेका हुन्छन्, तर तिनीहरुको आँखा छल्दै दुई युवकले दिनदहाडै पोखरियामा सर्वसाधारणलाई लुटेका छन ।
पोखरियामा दिउसै जेष्ठ नागरिक लुटिए
Facebook Comments Box