spot_img
Homeअर्थअंकुर जैन राजस्व अनुसन्धानको सुराकी कार्यमा सकृय

अंकुर जैन राजस्व अनुसन्धानको सुराकी कार्यमा सकृय

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ साउन ।
विगतमा हुण्डी (नगद रकमको अवैध ओसार पोसार) कारोवारमा ख्याति कमाएका शन्तोष जैनका कान्छा छोरा बिक्की भन्ने अंकुर जैन सुराकीको काम गर्दै आएको समाचार बाहिरिएको छ ।
अंकुश दैनिकले बिहिवार “पहिलेका हुण्डी कारोबारी जैन अहिले राजश्व अनुसन्धानको सुराकी, व्यापारीहरु तनावमा” शिर्षक समाचार मार्फत बिक्की भन्ने अंकुर जैन सुराकीको काम गर्दै आएको समाचार बाहिरिएको बाहिरिएको हो ।
अंकुश दैनिकले “वीरगंजका मशहूर हुण्डी कारोबारी सन्तोष जैनका कान्छो छोरा विक्की भन्ने अंकुर जैन अहिले काठमाडौंमा बसेर सुराकीको काम गर्दै आएको पोल खुलेको समाचार प्रकाशित गरेको छ ।
केही महिना अगाडि राजश्व अनुसन्धान विभागबाट विरगंज खटि गएको टोली संग विरगंज गएका विक्कीले विभिन्न व्यापारीहरुको फर्ममा छापा मार्न लगाई अनुचित लेनदेन गराएको घटना प्रकाशमा आएको छ ।
एक पीडित व्यापारीले आफ्ना सहकर्मीहरु संग ४ करोड रुपैयाँ उठाएर वीरगंज गएको टोलीका एक सदस्यलाई काठमाडौंमा पैसा बुझाएको थियो। राजश्व अनुसन्धान विभागका प्रमुख चक्र बुढाको नाममा उठाइएको सो रकम बुढा समक्ष नपुगेको र बिचमै दलालहरुले रकम झ्वाम गरी दिएपछि व्यापारी र दलालहरु बिच तनाव शुरू भएको अंकुश दैनिकको समाचारमा उल्लेख छ ।
विक्कीले प्रयोग गर्ने गरेको प्राप्त मोबाइल लोकेशन काठमाडौंमा ।
यही बीच विक्की काठमाडौं छोडेर दिल्ली फरार भएको हल्ला चलाइएको भए पनि उनले बोक्ने मोवाइलको लोकेशन काठमाडौं नै देखाएपछि विरगंजका व्यापारीहरू अलमलमा परेका छन । जुलाई १३ (असार २९ गते) मा अंकुश दैनिकले विक्की लाई फोन गरेर घटना बारेमा जान्न प्रयत्न गर्दा उन्ले आफु दिल्ली भएको प्रतिक्रिया दिएका थिए र पछि आफै फोन गर्छु भनेका थिए तर हाल सम्म उनको जवाफ आएन । जुलाई १३ (असार २९ गते)मा उनले प्रयोग गर्ने गरेको प्राप्त मोबाइल लोकेशन काठमाडौंमा रहेको पुष्टि भएको समेत अंकुश दैनिकले समाचारमा उल्लेख गरेको छ ।
अंकुश दैनिकले विक्कीले अन्नपूर्ण क्यासिनो, विवाइडी गाडी वाला र ईन्द्रेणी हार्डवेयर काठमाडौंमा समेत छापा हान्न लगाएको बताइन्छ ।
विक्कीले चाइनाको केरूङ नाकाबाट ई–सिगरेट भेप झिकाएर भारत पठाउने र भारतबाट नेपालमा काजु तस्करी कार्यमा समेत संलग्न रहेको बुझिएको अंकुश दैनिकले समाचार प्रकाशन गरेको छ ।”

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -