सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ साउन ।
कर्तव्य ज्यान मुद्दामा संलग्न रहि फरार रहेका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीले कर्तव्य ज्यान ( ज्यान सम्बन्धी कसूर ) मुद्दामा संलग्न रही हाल सम्म फरार रहेका पर्सा जिल्ला पकहामैनपुर गाउपालिका वडा नं.४ को समसोदिन मियाँलाई पक्राउ गरेको हो ।
२०७६ असोज १९ गते सांझ ५ बजेको समयमा पकहामैनपुर गाउपालिका वडा नं.४ धोविया टोल स्थित नसुरदिन मियाको घरमा सोरियम खातुनलाई कुटपिट गरी हत्या गरेको घटनामा मियां फरार रहेका थिए ।
पकहामैनपुर गाउपालिका वडा नं.४ स्थित गाउमा लुकीछिपी बस्दै आएको अवस्थामा निजलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
Facebook Comments Box