सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ साउन ।
चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसका चालक सहित सवार वीरगंजका ३ जना वेपताका परिवारसंग वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भेट गर्नु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ का तिनै जना वेपताका परिवारसंग मेयर सिंहले बुधबार भेट गरी सान्त्वना दिंदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
पहिरोमा परि त्रिशुली नदीमा खसेको बसमा सोही बसका चालक वीमनपा वडा नं. १६ नगवाका जवाहिर महतो, बारा जिल्ला स्थायी घर भई नगवामा बसोबास गर्दै आएका चन्देश्वर पंडितका २२ वर्षीय छोरा अरविन्द पणित र नगवाकै नयाा वस्तीका हरेन्द्र पणितका परिवारलाई ेमेयर सिंहले भेट गर्नु भएको हो ।
नदीमा खसेको बस र यात्रुको खोजी कार्य चलिरहेको भए पनि उनीहरुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन ।
२ छोरा, १ छोरी र श्रीमती रहेका जवाहिरले रात्रि बस चलाएर जिविकोपार्जन गर्दै आएका थिए । घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेका छन् । चालकका परिवारसंग भेट गर्दै मेयर सिंहले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताउदै जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको बताउनुभयो ।
मेयर सिंहले शिक्षण अस्पताल काठमाडाौबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिंडेका अरबिन्द पडितका परिवारसंग पनि भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू संधै रहेको बताउनुभयो ।
त्यस्तै नगवा नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पडितको परिवारलाई पनि मेयर सिंहले भेट गर्नुभयो । काठमाण्डौमा फर्निचरको काम गर्दै आएका उनी पनि सोही बसमा गइरहेका थिए ।
असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगंजबाट काठमाडौं तर्फ जांदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जांदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस भरतपुर महागनरपालिका वडा नं. २९ सिमलतालस्थित पहिरोमा परी बगेर त्रिशूलीमा बेपत्ता भएको थियो ।
सिमलताल पहिरोः वेपत्ता एन्जल बसमा सवारका परिवारलाई सहयोग गर्ने मेयर सिंह प्रतिवद्धता
Facebook Comments Box