सहारा दैनिक

spot_img
Homeअर्थछापामारी गरी लाखौं मुल्य बराबरको कपडा बरामद

छापामारी गरी लाखौं मुल्य बराबरको कपडा बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ असार ।
सशस्त्र प्रहरी बल र वीरगंज भन्सार कार्यालयद्वारा संयुक्त छापामारी गरी लाखौं मुल्य बराबरको कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा, प्र.सी.सु. गुल्म वीरगंज, बि.ओ.पि. सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले छपामारी गरी वीरगंज महानगरपालिका वडा नं. १६ ईनरुवा स्थित मन्दिर टोलबाट लाखौं मुल्य बराबरको कफडा मरामद गरेको हो ।
सुचनाको आधारमा खटिएको संयुक्त टोलीले शुत्रवार वीमनपा वडा नं. १६ इनरुवा स्थित मन्दिर टोलमा छापामारी गरी भारतबाट अबैध रुपमा भन्सार छली ल्याई घर भित्र लुकाई छिपाई राखिएको अवस्थामा रु. ७ लाख ३१ हजार एक सय मुल्य बराबरको विभिन्न कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साले जनाएको छ ।
बरामद गरिएको कपडाहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -