राधेश्याम साह–––––––––––––––
गौर, २८ असार ।
रौतहट जिल्ला गढीमाई नगरपालिका वडा नं ६ मा स्कारपिओ जीप दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ ।
देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाही जिल्ला चक्रघटा तर्फ जाने क्रममा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
भारतीय नम्बर एचचार ७० डी ८३८२ को स्कारपीयो जिप दुर्घटना हुंदा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
शुक्रवार बिहान ९ बजे गढीमाई नगरपालिका वडा नं. ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाउमा जीप नहरबाट तल पानीमा झरेको थियो । जीपमा १२ जना सवार रहेका थिए ।
दुर्घटना पश्चात ३ जनालाई अस्पताल लगिएको छ भने अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जन्ती बोकेको जिप दुर्घटनामा २ जनाको मृत्यु
Facebook Comments Box