सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ असार ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले विभिन्न स्थानबाट ८ लाख बराबरको भन्सार छलीको सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल प्र.सी.सु.गुल्म वीरगंजबाट खटिगएको टोलिले बुधवार र बिहिवार विभिन्न स्थानबाट ८ लाख मुल्य बराबरको भन्सार छलीको सामानहरु बरामद गरेको हो ।
प्र.सी.सु.गुल्म वीरगंजको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित बासझ्या· ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार छलि टाउकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको मूल्य रु. ३ लाख बराबरको साडिहरु र रु. ५५ हजार मुल्य बराबरको पनिर र गुलावको फूल बरामद गरी आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसै गरी प्र.सी.सु गुल्म वीरगंजबाट खटिएको गाडी मोवाईल टोलीले वी.म.न.पा वडा नं. २ श्रीरामहलबाट वी.म.न.पा वडा नं. १९ बस्ने बर्ष ३७ को मोहन दास तत्वाले भारतबाट अबैध रुपमा भन्सार छलि मधेष प्रदेश ०३–००१ ह १२५९ नं. को अटोमा लोडगरी नेपाल तर्फ ल्याउदै गरेको मूल्य रु. १ लाख ४५ हजार मुल्य बराबरको कुर्थासुरुवाल बरामद गरी अटोको रु ३ लाख भन्सार मुल्यांकन गरी ब्यक्ति सहित आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
Facebook Comments Box