सहारा दैनिक

spot_img
Homeअर्थलाखौं मुल्य बराबरको भन्सार छलीका सामानहरु बरामद

लाखौं मुल्य बराबरको भन्सार छलीका सामानहरु बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ असार ।
सशस्त्र प्रहरी बलले लाखौं मुल्य बराबरको भन्सार छलीका सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावीत सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको टोलीले सोमवार र मंगलवार रु. ७ लाख ४६ हजार ८ सय ९० मुल्य बराबरको भन्सार छलीका सामानहरु बरामद गरेको हो ।
प्र.सी.सु.गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ इदगाहा चोक वरपरको ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार छलि विभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मूल्य रु. ३ लाख ३० हजार २ सय ७० मुल्य बराबरको किराना सामान, अमुल चिज र ओैषधी बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यसै गरी वी.म.न.पा. वडा नं. १६ ईनरुवा बासघारी ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याऊदै गरेको मूल्य रु.२ लाख २७ हजार ५ सय मुल्य बराबरको (१२५ थान) साडी र (८ थान) ऋयउगतभच को ऋएग् बरामद गरेको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
यसरी नै प्र.सी.सु. गुल्म वीरगंजबाट खटीएको गाडी मोबाईल टोलिले वी.म.न.पा. वडा नं. २५ सिर्सीया स्थित सिमा ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको मूल्य रु. १ लाख ८ हजार बराबरको (१०८ थान) कुर्था सुरुवाल र वी.म.न.पा. वडा नं. १६ स्थित ईदगाह चोकबाट भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु ८१ हजार १ सय २० मुल्य बराबरको किराना सामान र कस्मेटिक सामान बरामद गरी आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -