सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ असार ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको पिभिएसटी क्लब अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।
डिष्ट्रिक्ट ३२५ एसको एरिया ३ अन्तर्गतका रिजन र जोनमा पर्ने करिब ८५ जना क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई प्रशिक्षित गर्ने उदेस्यले वीरगंजमा आयोजित अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर एवं प्रमुख अतिथि लायन तासी डोल्मा तुम्बाहाम्फेले शुभारम्भ गर्नु भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ई का पुर्व डिष्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटवालले क्लब स्थापना भईसकेपछि इन्टरनेशनलबाट लिनु पर्ने सदस्यता, सदस्यहरुको अद्यावधिक, आर्थिक प्रतिवेदन, क्लबद्वारा सम्पन्न गरिएको कार्यक्रमहरुको रिपोर्टिंग लगायत डिष्ट्रिक्टमा गर्नुपर्ने रिपोर्टिंगहरुका बारेमा जानकारी दिएका थिए ।
त्यसै गरी डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन विश्वनाथ खनाल, लायन बालकुमार पाण्डे र लायन बासु तिमिल्सिनाले क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराएका छन ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतको एरिया नम्बर ३ का एरिया चिफ लायन श्याम गुप्ताको अध्यक्षतामा आयोजित स्कुलिंग कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवाल, भाईस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, डिष्ट्रिक्ट चिफ लायन उमेश शर्मा, डिष्ट्रिक्ट को–चिफ एडभाइजर लायन उमेश साह कानु लगायतले स्कुलिंग कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरुलाई शुभकामना सहित स्कुलिंगको महत्वका बारेमा आ–आफ्ना बिचारहरु फ्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट क्याबिनेट सेत्रेटरी लायन गौरी देवी चिमरियाले गरेकी थिइन ।
Facebook Comments Box