सहारा दैनिक

spot_img
Homeअर्थकरोडौं मुल्य बराबरको मालबस्तुहरु लोड दुई ट्रक नियन्त्रण

करोडौं मुल्य बराबरको मालबस्तुहरु लोड दुई ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ असार ।
एक करोड उनान्वे लाख पचास हजार छ सय वाइस बराबरको हार्डवेयर लगायतका बस्तुहरू लोड रहेको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. २५ स्थित आइसिपि गेट बाहिरबाट हार्डवेयर लगायतका बस्तुहरू लोड रहेको ट्रकहरू नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले शंकाको आधारमा ना.६ ख ४०५८ र ना.३ ख १८७ नम्बरको ट्रकहरूलाई नियन्त्रणमा लिइ त्यसमा लोड रहेको हार्डवेयर तथा मोटरपार्टसका सामानहरूको अ.मु.रू. १ करोड ८९ लाख ५० हजार ६ सय २२ मुल्यांकन गरी आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिप्रका पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -