सहारा दैनिक

spot_img
Homeदेशलोककल्याणकारी विज्ञापनको भुक्तानी गर्न माग

लोककल्याणकारी विज्ञापनको भुक्तानी गर्न माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ असार ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगंज महानगरपालिकाबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापनको भुक्तानी गर्न माग गरेको छ ।
संगठनका प्रतिनिधि मण्डलले आईतवार महानगरका मेयर राजेशमान सिंहसंग भेट गरि चालु आर्थिक बर्षको भुक्तानी हुने समय सक्न एक दिन मात्र बांकी रहदा पनि वीरगंजका संचारमाध्यको लोककल्याणकारी विज्ञापन प्रकाशन गरे वापतको भुक्तानी नभएको बारे ध्यानाकर्षण गराउदै भुक्तानी गर्न माग गरेको हो ।
आर्थिक बर्ष २०८०/०८१ को लोककल्याणकारी विज्ञापनको तेस्रो र अन्तिम किस्ताको भुक्तानी अहिले सम्म संचारमाध्यमले प्राप्त गरेका छैनन् । दुईटा किस्ता वापतको रकम भुक्तानी नहुंदा वीरगंजका संचारमाध्यहरु मर्कामा परेको संगठनका पर्सा अध्यक्ष सम्भु सुमनले बताए ।
भेटघाटका क्रममा मेयर सिंहले सोमवार सम्म बाकी रहेको सबै संचारमाध्यमको लोककल्याणकारी विज्ञापन प्रकाशित वापतको भुक्तानी गर्ने आश्वासन दिएको अध्यक्ष सुमनले बताए ।
उनले भेटघाट कै क्रममा प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखलाई लोककल्याणकारी विज्ञापनको भुक्तानी गर्न मेयर सिंहले निर्देशन दिएको समेत बताए ।
लोककल्याणकारी विज्ञापनको भुक्तानी अहिले सम्म वाकी रहेको बारे आफुलाई जानकारी नभएको भन्दै मेयर सिंहले यथासिघ्र भुक्तानी गर्न लेखा शाखालाई निर्देशन दिएका हुन् ।
समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, पर्सा जिल्ला उपाध्यक्ष हरिशंकर शर्मा, कोषाध्यक्ष संतोष साह, सहसचिव श्याम सर्राफ, सदस्य प्रदिप साह, रामेश्वर चौरसिया लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -