spot_img
Homeप्रमुख समाचारवीरगंज महानगरको नीति, “वैभव वीरगंज”को परिकल्पना साकार पारिने

वीरगंज महानगरको नीति, “वैभव वीरगंज”को परिकल्पना साकार पारिने

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ असार ।
वीरगंज महानगरपालिकाले “वैभव वीरगंज”को परिकल्पना साकार पार्ने गरि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शनिवारबाट सुरु भएको महानगरको १५ औं नगरपरिषदमा महानगरपालिकाका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि महानगरले लिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत नीति कार्यक्रममा सुन्दर, समुन्नत, समृद्द र वैभवशाली वीरगंज निर्माण गर्ने संकल्प र समस्त वीरगंजवासीको चाहाना बमोजिम वीरगंजलाई सुन्दर, समुन्नत र समृद्द बनाइने उल्लेख छ ।
नीति कार्यक्रमको कार्यान्वनले स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगंज शहरको पहिचान स्थापित गर्दै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने कार्यमा सघाउ पुर्‍याउने विश्वास लिएको उहाले बताउनु भयो ।
यस्तै आगामी आर्थिक वर्षमा यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु विन्दवासिनीमाई मन्दिर, पिपराको नृसिंह मन्दिर र भुटनदेवी मन्दिर निर्माणको कार्य अगाडी बढाउने तथा अन्य मठ मन्दिरको आवश्यकता अनुसार पुनःनिर्माण र सौन्दर्यकरण गर्ने कार्यलाई निरन्तरता दिने जनाइएको छ ।
पर्यटन प्रवर्द्धन र आन्तरिक आय बृद्धिका लागि वीरगंज १७ र १९ मा पर्ने कोनियामा रहेको सार्वजनिक जग्गामा आधुनीक हरित पार्क सहितको ताल निर्माण गर्ने, वीरगंज घण्टाघर नजिकको खाली जग्गामा सार्वजनिक निजी साझेदारि र दातृ निकायसंगको समन्वयमा आधुनिक हरित पार्क निर्माणको कार्यलाई अगाडि बढाउने जस्ता कार्यलाई प्राथमिकता दिएको छ ।
त्यस्तै वीरगंजलाई थप स्वच्छ र सफा बनाउन “फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च” दिनुपर्ने व्यवस्था आगामी आर्थिक वर्षबाट लागू गरिने पनि उल्लेख छ ।
बढ्दो खानेपानीको समस्या समाधानका लागि डीप बोरिङ तथा पाइपलाईन विस्तारलाई प्राथमिकता दिंदै यहां रहेका पोखरी, इनार तथा कुवाको संरक्षण गर्ने नीति लिएको छ ।
अधिवेशनमा महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -