सहारा दैनिक

spot_img
Homeअर्थभन्सार छलीका सामान भा.रु. नगद सहित एक पक्राउ

भन्सार छलीका सामान भा.रु. नगद सहित एक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ असार ।
सशस्त्र प्रहरी बलले भन्सार छलीका सामानहरुका साथै नगद भारतीय रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेन गेटबाट भन्सार छलीको समानहरु र श्रोत नखुलेको भारतीय रकम सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्र.सि.सु गुल्म वीरगंजबाट खटिएको टोलीले रु. १० लाख २० हजार ४ सय ६० मुल्य बराबरको भन्सार छली गरी ल्याइएको किराना सामान, कस्मेटिक, कपडा, मोटरपाट्स, हार्डवयर, तथा नर्मल औषधि बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी प्र.सि.सु गुल्म वीरगंजबाट खटीएको डिउटी टोलिले भन्सार मेन गेट स्थित भारतको रक्सौलबाट ना ६५ प ६५३१ नं. को मो.सा. मा सवार जिल्ला पुर्वि चम्पारण नायक ग्राम पन्चायत वडा नं. ६ नायकटोला बस्ने अनुरुद महतोलाई वीरगंज तर्फ आऊने क्रममा शंका लागेर चेकजाँच गर्ने त्रममा निजको साथबाट भा. रु. १ लाख ९९ हजार फेला परे पछि मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -