सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ असार ।
मुलुकको अर्थतन्त्र धमराई रहेको अवस्था छ भने उद्योग व्यवसायी धाराशायी भइरहेको बेला नव नागरिक व्यवसायी प्रदिप डालमिया “दिन दुगुन्ना रात चौगुन्ना” तवरले सम्पति आर्जन गरिरहेको चर्चा व्यापक छ ।
भारत विहार राज्यमा जन्म भएका डालमियाले २०६३ सालको नागरिकता टोलीबाट नेपाली नागरिकता लिएर पेन्ट र फेविकोलको नक्कली अर्थात कमसल गुणस्तरको टांसने बस्तु उत्पादन गरेर “दिन दुगुन्ना रात चौगुन्ना” आर्थिक प्रगति गरेको चर्चाले अहिले व्यापकता पाएको छ ।
तत्कालिन वीरगंज उपमहानगरपालिका वडा नं. ९ रेशमकोटि स्थित एउटा घरमा डालमिया ब्राण्डको समोसियन र झोल पेन्ट उत्पादन गर्ने गरेका डालमिया अहिले करोडौंको प्लान्ट लगाएर गुणस्तरहिन पेन्ट र मोनाकोल उत्पादन गरी राजस्व चुहावटका साथै केमिकल आयातमा समेत हेराफेरी गरेर करोडौं आर्जन गरेको उनी निकट श्रोतको दावी छ ।
उद्योगी व्यवसायीहरुको आर्थिक अवस्था दैनिय रहेको वेला डालमियाको भने आन्तरिक श्रोतमा व्यापक बढोत्तरी भइ रहेको छ भने राज्यको राजस्व भने न्यून बुझाउने गरेको श्रोतले जनाएको छ ।
भारतीय नागरिक महाविर प्रसादको छोरा प्रदिप डालमिया नेपाली नागरिकता लिए पनि हाल सम्म भारतीय नागरिक समेत रहेको उनी निकट श्रोतले जनाएको छ ।
नव नागरिक डालमियाको दिन दुगुन्ना रात चौगुन्ना आर्थिक प्रगतिको चर्चा
Facebook Comments Box