सहारा दैनिक

spot_img
Homeदेशलोकतन्त्रलाई सदृढ गर्न सूचनाको हकका मान्यतालाई आत्मसात् गरौँ–अध्यक्ष झा

लोकतन्त्रलाई सदृढ गर्न सूचनाको हकका मान्यतालाई आत्मसात् गरौँ–अध्यक्ष झा

कैलाली, १ असार (रासस)
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रलाई सदृढ गर्न सूचनाको हकका मान्यतालाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।
धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा आज धनगढीमा आयोजित सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष झाले सूचनाको हकविना लोकतन्त्र सफल हुननसक्ने बताउनुभयो ।
“यदि लोकतन्त्र सफल बनाउने हो भने सूचनाको हकलाई पनि सफल कार्यान्वयन गर्नैपर्छ किनकि सूचनाको हक जति सुदृढ भयो, त्यति नै लोकतन्त्र पनि सफल बन्दै जान्छ”, उहाँले भन्नुयो । पछिल्ला दिनमा खोज पत्रकारिता गर्नका लागि पनि सूचनाको हक महत्वपूर्ण औजारका रूपमा रहेको उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले आमजनता तथा पाठकलाई सूचित गर्न सूचनाको हकका बारेमा जानकारी हुन आवश्यक रहेको बताउनुभयो ।
धनगढी उपमहानगरापालिकाका जनप्रतिनिधिले सूचनाका हकअधिकार र सूचना कसरी माग्ने भन्नेबारेमा जान्न अभिमुखीकरण उपयोगी भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ, कैलाली शाखाका अध्यक्ष हिमाल जोशीले सूचनाका हकका बारेमा ग्रहण गरेका कुरा व्यावहारिक जीवनमा लागू गरेर अगाडि बढेमा सुशासन कायम गर्न सघाउ पुग्ने धारणा राख्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -