सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ जेठ ।
युवकको शव फेला परेको २४ घण्टा नवित्दै वीरगंज महानगरपालिका वडा नं.११ स्थित राम जानकी मठ पछाडी सरिसवा खोलामा अर्को वेवारिसे लास फेला परेको छ ।
नामथर वतन नखुलेको अं.वर्ष ५०/५१ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कम्मरमा रातो गम्छा, हरियो सेतो चेक भएको सर्ट, कालो पाईन्ट लगाएको मृत फेला परेका व्यक्तिको हाल सम्म नामथर वतन नखुलेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
सोमवार दिउसो साढे ३ बजे लास बारे सुचना पाए पछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएका प्रहरी टोलीले घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य गरी मृतक लास नारायणी अस्पताल वीरगंजको शव गृहमा राखेर थप अनुसन्धान भइरहेको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
यस अघि आइतवार सांझ वीमनपा वडा नं. १६ स्थित वीरगंज–रक्सौल मुख्य नाका शंकराचार्य गेट नजिकैको चौरमा बेवारिसे अवस्थामा एक युवकको शव फेरेको थियो ।
सरिसवा खोलामा वेवारिसे लास फेला
Facebook Comments Box