spot_img
Homeअर्थहार्डवेयर तथा खुद्रा सामानहरु लोड ट्रक नियन्त्रण

हार्डवेयर तथा खुद्रा सामानहरु लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ जेठ ।
बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट हार्डवेयर तथा खुद्रा सामानहरु लोड ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले घण्टाघर स्थित सडकखण्डमा म.प्र.०३–००२ ख १४४० नम्बरको ट्रकलाई रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिएको ट्रकमा लोड रहेको अ.मु. रू. २७ लाख ७७ हजार ६ सय ४१ मुल्य बराबरको हार्डवेयर तथा खुद्रा सामानहरु आवश्यक कारवाहीको लागि आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रनाउ भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -