सहारा दैनिक

spot_img
Homeदेशगस्तीमा खटिएका २ प्रहरीको मोटरसाइकल दुर्घटनामा मृत्यु

गस्तीमा खटिएका २ प्रहरीको मोटरसाइकल दुर्घटनामा मृत्यु

सिन्धुली २७ जेठ (रासस)
सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ ।
प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काˆलेका अनुसार सोल्पाडाँडाबाट गस्ती गदैँ पुनःप्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराहृन ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।
सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -