सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ बैशाख ।
पर्सा प्रहरीले हुण्डी कारोबारीमा सलंग्न दुई जनालाई नगद रकम सहित पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.६ रू·टा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट नगद रकम सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले माँ जगदम्बा मनि ट्रान्सफरमा बारा जिल्ला कलैया उप–महानगरपालिका वडा नं.२३ को ३८ वर्षीय अर्जुन राउत कुर्मीले पिठ्युमा भिरेको कालो झोला शंकाष्पद देखिए पछि खानतलासी गर्दा उक्त झोलाभित्र लुकाइ छिपाइ राखिएको श्रोत नखुलेको रु.१००० दरका नोट १९५५ थान, रु.५०० दरका नोट ५०० थान र रु.१०० दरका नोट ७ समेत गरी नेपाली रु.२२ लाख ५ हजार ७ सय फेला परे पछि माँ जगदम्बा मनि ट्रान्सफरका संचालक पर्सा जिल्ला विन्दवासिनी गाउपालिका वडा नं.३ को ४३ वर्षीय अजय कुमार साह समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नगद रकम सहित पक्राउ परेका दुवै जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान गरिरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box