सहारा दैनिक

spot_img
Homeदेशमधेशप्रहरीले बरामद गरेको करोडौं मुल्य बराबरको कपडाहरु भन्सारमा बुझायो

प्रहरीले बरामद गरेको करोडौं मुल्य बराबरको कपडाहरु भन्सारमा बुझायो

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ बैशाख ।
प्रहरीले पम्पम विल्डि· स्थित गोदामबाट बरामद गरेको करोडौं मुल्य बराबरको कपडाहरु भन्सार कार्यालयमा बुझाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. ६ महाविरस्थान स्थित पम्पम विल्डि·को तिन फ्ल्याटमा भण्डारन गरी राखिएको अवैध भारतीय कपडा बरामद गरी आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।
बिहिवार दिउसो साढे ३ बजे देखि छापामारी गरेको प्रहरीले बेलुकी अवेर सम्म एउटै फ्ल्याटबाट अ.म.रू. १ करोड २० लाख बराबरको पाइन्ट, सर्ट तथा सर्टिङ सुटिङ कपडा बरामद गरेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
बिहिवार बेलुकी एउटा फ्ल्याटबाट बरामद गरेको १ करोड २० लाख बराबरको पाइन्ट, सर्ट तथा सर्टिङ सुटिङ कपडाहरु वीमनपा वडा नं. ६ निवासी रामएकवाल कुशवाहा र वडा नं १६ निवासी आकाश कुमार गुप्ताको भएको प्रनाउ थापाले बताउनु भयो ।
छापामारीलाई निरन्तरता दिंदै शुक्रवार थप दुई फ्ल्याटमा खानतलासी गरी नियन्त्रणमा लिएको कपडाहरु समेत वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रनाउ थापाले जानकारी दिनु भयो ।
शुक्रवार बरामद गरिएको कपडाहरु बेलुकी मात्र भन्सार कार्यालयमा पठाएकाले त्यसको मुल्यांकन भने अहिले यकिन भन्न नसकिने प्रनाउ थापाले बताउनु भयो ।
यदपी शुक्रवार दुई फ्ल्याटबाट प्रहरीले खानतलासी गरी बरामद गरेको कपडाहरु करिव ३ करोड मुल्य बराबरको हुन सक्ने आंकलन गरिएको हाम्रा समाचार श्रोतले जनाएको छ ।
शुक्रवार बरामद भएको कपडाहरु कसको हो भन्ने यकिन हुन नसकेको प्रनाउ थापाले बताउनु भएको छ ।
बजारको चर्चालाई मान्ने हो भने शुक्रवार जुन फ्ल्याटबाट कपडा बरामद भएको छ जे जसको नाममा भए पनि उक्त कपडाहरु कपडा किंगको रुपमा परिचित दिपक तुल्स्यान, अशोक टिवडेवाल, संदिप अग्रवाल र अनिल घोडियाको हो भन्ने श्रोतको दावी छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -