spot_img
Homeआलेखसांस्कृतिक महोत्सवको सान्दर्भिकता

सांस्कृतिक महोत्सवको सान्दर्भिकता

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको सर्वाधिक महत्वपूर्ण पक्ष धार्मिक एवं सांस्कृतिक सम्बन्ध र एकरुपता पनि हो । खानपान, रहन सहन, भाषा–संस्कृति, हावापानी र वातावरण पनि एक समान रहने गरेका कारण हाम्रो सम्बन्धलाई अभिन्न र अद्धितीय पनि मानिन्छ । यी दुई देशबीचको यिनै प्रगााढ सम्बन्धको परिप्रेक्ष्यमा भारतीय राजदुतावास काठमाण्डौं स्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास वीरगन्ज र बी.पी.कोईराला भारत नेपाल प्रतिष्ठानले नयाँ वर्ष विक्रम सम्वत २०८१ को शुभ अवसरमा मधेश प्रदेसको राजधानी जनकपुरधाममा सांस्कृतिक महोत्सवको सफल आयोजन गर्‍यो । जनकपुरधाममा सांस्कृतिक महोत्सवको यो दोश्रो आयोजन थियो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो आयोजन गत वर्ष भएको थियो ।
जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरिएको सांस्कृतिक महोत्सवलाई दुई सत्रमा विभाजित गरिएको थियो । मधेश प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा भएको पहिलो सक्रको कार्यत्रममा प्रसिद्ध अर्थशास्त्री, संस्कृतिविज्ञ एवं मधेश प्रदेसको नीति आयोगका प्रथम अध्यक्ष डा.हरिवंश झाले “जानकी लीला” मा महत्वपूर्ण आख्यान दिएका थिए । कार्यक्रममा भारतीय सारीका साथ भारत र नेपालका विभिन्न किल्लाहरुको प्रदर्शनी र निकै कम समयमा ख्याति कमाएका चर्चित सेफ सन्तोषद्धारा प्रस्तुत मैथिली फुड फेस्टिभल पनि समावेश थियो ।
कार्यक्रमको दोश्रो सत्रमा स्वामी विवेकानन्द सांस्कतिक केन्द्रका गुरु तथा कलाकारहरुले भगवान राम र सिताको जीवनीमा आधारित भजनको सांङितिक प्रस्तुति दिएका थिए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष आकर्षणको रुपमा प्रसिद्ध गायिका मेनुका पौडेल थिईन । मेनुका पौडेल यस वर्षको “इण्डियन आईडल” को बहुचर्चित गायन प्रीतस्पर्धामा अन्तिम दशमा छनौट भएकी थिईन । आफनो गायनको क्षमताका कारण मेनुका पौडेलले भारतका करोडौं संगित प्रेमीको मन मस्तिष्कमा आफनो उपस्थित जनाउन सफल भएकी छिन । इण्डियन आईडलको मंच पाउनु आफैमा एउटा ठुलो सफलता हो, ऐतिहासिक उपलब्धि हो । दुई देशका कला, सांस्कृतिक तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सव मार्फत झल्काउने काम र प्रगााढ बनाउने काम हुँदै आएको छ ।
सांस्कृतिक महोत्सवलाई समुदघाटन गर्दै मधेश प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल(भारत सम्बन्धको विभिन्न पक्षवारे प्रकाश पार्दै यी दुई देशबीचकबो सम्बन्धलाई जनस्तरको सम्बन्ध बताउनु भयो । नेपाल र भारतका जनता(जनताबीचको सम्बन्ध अतुलनीय तथा विश्वमै प्रसिद्ध रहेको बताउनु भयो । नेपाल(भारत बीचको सम्बन्ध, दुई देशको सरकार भन्दा पनि जनता(जनताबीच पनि प्रगााढ सम्बन्ध एवं आत्मियता रहेको बताउनु भयो । नेपाल(भारत सम्बन्धलाई कसैले चाहेर पनि कमजोर बनाउन नसक्ने टिप्पणी गर्नु भयो । नेपाल(भारत बीचको सम्बन्धलाई उनले हिमाल भन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो बताउनु भयो । भारतको अयोध्यामा भगवान रामको मूर्तिको प्राण प्रतिष्ठाकाबेला भारतीयहरु झै नेपालीहरुमा पनि देखिएको उत्साह, उमंग र हर्षेल्लास तथा त्यस दिनलाई एउटा महापर्वको रुपमा बनाइएको घटनाले पनि हाम्रा आपसी सम्बन्धको अवस्थालाई दर्शाउँछ ।
बीरगन्ज स्थित भारतीय महावाण्ज्यि दुतावासका महत्वाण्यिज्यदूत डि.एस.मिणाको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुले पनि नेपाल(भारत सम्बन्धको सांस्कृतिक महत्वको बारेमा प्रकाश पारेको थिए ।
महोत्सवमा नेपाल र भारतका महिलाहरुको एउटा महत्वपूर्ण पहिरन साडीको पनि प्रदर्शन गरिएको थियो । जगदजननी जानकी र मर्यादा पुरुषोत्तम राम सनातन धर्ममा आस्था राख्नेहरुको निम्ति आराध्य हुन । मृत्यु शैयामा पुग्न लागेका व्यक्तिलाई पनि सिता रामको उच्चारण गर्न नै सुझाव दिईन्छ । नेपाल जनकपुरकी सिता र भारतको अयोध्याका श्रीरामको वैवाहिक सम्बन्ध त्रेतायुगमा भएको थियो त्यो पनि करिव १० हजार वर्ष भन्दा पनि अघि भएको मानिन्छ । सम्भवतः त्यतिवेला देखि नै नेपाल र भारतका जनतावीचको वैवाहिक सम्बन्ध कायम भएको मानिन्छ । अहिले पनि प्रत्येक वर्ष हजारौं सिमावर्ती भारतीयको विवाहमा नेपालमा र हजारौं नेपाली युवा(युवतीको विवाह भारतमा हुने गरेको छ ।
नेपालमा माओवादीको एक दशक लामो सशस्त्र संघर्ष, नागरिकताको विषय उठने गरेका नयाँ(नयाँ कानूनको चर्चा, कोभीड(संक्रमण, नेपालमा बेरोजगारीको अवस्था र बढदो गरिबीका कारण पनि अब बैवाहिक सम्बन्ध त्यति भईरहेको छैन । सिमानामा सुरक्षाकर्मीहरुको अध्यधिक सोधपुछका कारण यस संख्यामा निरन्तर कमी आई रहेको छ । मधेश प्रदेसका मुख्यमन्क्री सरोज कुमार यादवले व्यत्त गरेको चिन्ता जायज नै छ । हाल(यताका दिनमा नेपालमा बढदो बेरोजगारी र कृषि क्षेत्रको दयनीय अवस्था पनि एउटा कारण हुन सक्दछ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्ष अघि प्रस्ताव गर्नु भएको रामायण सर्किटको निर्माणमा नेपाल पनि गम्भीर हुनु आवश्यक छ । नेपाल, भारत र श्रीलंकाले मिलेर भगवान राम र सिताको जीवन गाथा सँग जोडिएको महत्वपूर्ण तीर्थस्थलहरुलाई समेटेर निर्माण गरिने रामायण सर्किटले हामीलाई सांस्कृतिक विरासतको क्षेत्रमा झन बढी सम्पन्न बनाउने छ । अहिले सनातन धर्म संस्कृतिक नेपाल र भारतमा भन्दा बढी युरोपेलीहरुको आकर्षण बढदो छ । सउदी अरबको पाठ्य पुस्तकमा रामायण र गीताको बारेमा अध्ययन गराईनु प्रशंसनीय कार्य हो ।
नेपाल र भारत सनातन धर्म संस्कृतिको साझा वाहक हो । जम्मूद्धीप, आर्यावर्त, भारतवर्ष हाम्रा निम्ति गर्वका विषय छन् । विश्वका प्राचीन सभ्यता मानिएको पूर्वीय, हिन्दु अथवा सनातन सभ्यताका अनुयायी हामीहरुले आफनो सांस्कृतिकको रक्षाका लागि एकजुट भई अगाडि बढनुको विकल्प छैन ।
दुवै देशका साझा सांस्कृतिकको संरक्षण र सम्वर्द्धनका लागि गत वर्ष देखि आयोजन हुँदै आएको सांस्कृतिक महोत्सव एउटा महत्वपूर्ण पहल हो । आउँदा वर्षहरुमा यसमा नयाँ(नयाँ आयामहरु थपिदै जाने विश्वास गर्न सकिन्छ । सांस्कृतिक महोत्सवको परिकल्पना गर्ने र आयोजन गर्ने भारतीय राजदुतावास काठमाण्डौंको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र वीरगन्ज महावाणिज्य दुतावास बधाईका पात्र हुन । सांस्कृतिक महोत्सवलाई सफल पार्ने जनकपुरधामका सबै महानुभाव साधुवादका पात्र हुन । सांस्कृतिक महोत्सवले निरन्तर सफलता प्राप्त गरिरहोस् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -