सहारा दैनिक

spot_img
Homeसमाचारमहतोको “अधुरा क्रान्ति” सार्वजनिक

महतोको “अधुरा क्रान्ति” सार्वजनिक

काठमाडौँ, ५ वैशाख (रासस)
राष्ट्रिय मुत्ति क्रान्ति अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्क्री राजेन्द्र महतोद्वारा लिखित “अधुरा त्रान्ति” सार्वजनिक गरिएको छ ।
उक्त पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा नेता महतो, विश्लेषक सिके लगायत विज्ञहरुले सामूहिकरुपमा विमोचन गर्नुभयो ।
नेता महतोले मधेस संघर्ष र राजनीतिक जीवनमा भोगेका विभिन्न आयामलाई पुस्तकले उजागर गरेको छ । अधुरो क्रान्तिमा नेता महतोले आफ्नो राजनीतिक जीवन र मधेसमा उठेको विद्रोहको आवाजलाई बुझ्ने गरी उल्लेख गर्नुभएको छ ।
सो अवसरमा नेता महतोले अधुरो क्रान्ति उत्पीडनमा परेका जनताको पीडाको पुलिन्दा हो भन्नुभयो । “सात वर्षको मेहनतमा तयार गरिएको पुस्तकले उत्पीडनमा परेका जनताको भोगाइ, देखाइ र बुझाइका विषयवस्तुलाई समेटेको छ”, उहाँले भन्नुभयो ।
मुलुकमा परिवर्तनका लागि हालसम्म भएका सबैखाले क्रान्ति र संघर्षले उत्पीडनमा परेका जनतालाई न्याय दिन नसकेकाले दाबी गर्दै नेता महतोले ती अधुरा क्रान्तिलाई सम्बोधन गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले एकल सोच र चिन्तनबाट राज्यसञ्चालन गरिएको जिकिर गर्दै उहाँले सबै जातजाति, भाषाभाषी, वर्गत र समुदायको भावनालाई राज्य सञ्चालनको हिस्सेदारी हुनुपर्ने धारणा राख्नुभयो ।
पुस्तकको टिप्पणी गर्दै विश्लेषक सिके लालले अधुरो क्रान्तिले करिब ६५ वर्षे नेफालको राजनीतिक घटनाक्रमलाई मधेसको आँखाबाट हेरिएको र मधेस आन्दोदलनका आयामलाई त्रमबद्ध गरिएको उल्लेख गर्नुभयो ।
उहाँले मधेसका मुद्दालाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने अन्य मधेसी नेताहरुलाई पुस्तकमा नसमेटिएको टिप्पणी गर्नुभयो ।
प्रा डा बालकृष्ण माबुहाङ्ले मधेसको राजनीतिक संघर्ष र मधेसी जनताको पीडालाई उजागर गरिएको पुस्तक पठनीय र संग्रहणीय रहेको बताउनुभयो । वरिष्ठ पक्रकार कनकमणि दीक्षितले मधेसी जनताको मुत्तिका लागि संघर्ष गरेका नेता महतोको पुस्तक अधुरो क्रान्ति आधुनिक राजनीतिक इतिहासको साक्षीको रुपमा आएको उल्लेख गर्नुभयो । मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालमा वैचारिक, सामाजिक न्यायको क्रान्ति अधुरो छ भन्ने पुस्तकले प्रमाण पेस गरेको छ ।
पूर्वराजदूत महेश दाहालले मधेसको समग्र समस्या बुझ्न पुस्तक उपयोगी हुने बताउनुभयो । अझियान्ताद्वय सुमन सायमी र बुद्धछिरिङ मोक्तानले मधेसका अधुरा त्रान्तिलाई पूरा गर्न पुस्तकले प्ररित गर्ने धारणा राख्नुभयो ।
पुस्तकमा “माटो र बाटोको पहिचान”, “भाषिक संघर्ष”, “पहिचानको संघर्ष”, “उदगम र उपेक्षा”, “संगत”, “विभेदको अन्त्यहीन दुष्चक्रलगायत” लगायत शीर्षकमा लेख समावेश छन् । पाइन प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको तीन सय ८१ पृष्ठको उक्त पुस्तकको मूल्य रु सात सय ७० रहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -