काठमाडौँ, ४ वैशाख (रासस)
स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यत्रम सबै स्थानीय तहमा लागू भएको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले लागू गरेसँगै सबै सात सय ५३ स्थानीय तहमा लागू भएको बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुर महानगर तथा नागार्जुन र बूढानीकलण्ठ नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।
विसं २०७२ मा कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले आर्थिकरूपमा कमजोर भएका विपन्न नागरिकलाई उपचारमा सहयोग पर्याउँदै आएको छ । सोही वर्ष इलाम र बागलुङमा फनि बीमा कार्यक्रम लागू गरिएको थियो ।
अहिले स्वास्थ्य बीमा कार्यत्रममार्फत एक हजार ३३ प्रकारका औषधि उपलब्ध हुन्छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार पाँच सय बराबरको योगदानको आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध हुन्छ ।
यस्तै थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु बीस हजार बराबरको सेवा सुविधा थपिने फ्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा दुई लाखसम्म तोकिएको छ । बीमा कार्यत्रममा कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना, कूल बीमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ जना र नवीकरण गर्नेको सङ्ख्या ४८ लाख आठ हजार सात सय ६० जना छ ।
Facebook Comments Box