सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ बैशाख ।
सशस्त्र प्रहरी बल पर्साले पछिल्लो २ दिनमा १३ लाख मुल्य बराबरको भन्सार छलीका सामानहरु बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेका विभिन्न किसिमका सामान तथा ढुवानिमा प्रयोग गरिएका सवारी साधनहरु सशस्त्र प्रहरी बल पर्साले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल पर्साले दिएको जानकारी अनुसार बैशाख २ र ३ गते पर्सा जिल्लाको विभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेका रु. १३ लाख २० हजार २ सय ३५ मुल्य बराबरको विभिन्न किसिमका सामान तथा ढुवानीमा प्रयोग गरिएका सवारी साधनहरु बरामद गरी आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट वरपरको ईलाकाबाट मुल्य रु. ७ लाख ४० हजार ९ सय ५५ मुल्य बराबरको किराना सामान, मोटर पर्टस र लत्ता कपडाको साथै कपडा ढुवानिमा प्रयोग गरिएको मुल्य रु.२ लाख बराबरको वी.म.न.पा. १ ह २–००२२ नम्बरको अटो नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
त्यसै गरी सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलिले आइतवार रु. २ लाख बराबरको ना.६३ प ६५१५ नम्बरको मो.सा. सहित रु. १२ हजार मुल्य बराबरको पंखा बिन्दवासिनी गा.पा. वडा नं. २ बहुअर्वाभाठाबाट बरामद गरेको छ भने सुरक्षा बेश बेलवाबाट खटिएको गस्ति टोलिले रु. १ लाख ६७ हजार २ सय ८० मुल्य बराबरको कपडाहरु वी.म.न.पा. वडा नं. ३२ स्थित टेडा रोडबाट बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।
Facebook Comments Box