सहारा दैनिक

spot_img
Homeदेशमधेशगृहमन्त्रीको निति निर्देशन एवं सुसाशनको नारा टांइ–टांइ फिस्सः अदालतबाट म्याद थपिएका अभियुक्तलाई...

गृहमन्त्रीको निति निर्देशन एवं सुसाशनको नारा टांइ–टांइ फिस्सः अदालतबाट म्याद थपिएका अभियुक्तलाई हाजिर जमानीमा छाडिए

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ चैत्र ।
गृहमन्त्रीको निति निर्देशन एवं सुसाशनको नारा टांइ–टांइ फिस्स झै भएको छ ।
बिहिवार माक्रै वीरगंजमा आयोजित एक कार्यत्रममा गृहमन्त्री रवी लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी विरुद्ध निर्मतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन भने उनी मातहतकै जिल्ला प्रहरी कार्यालय पर्साले मानव जिवन संगै खेलवाड गर्ने एक अभियुक्तलाई स–सम्मान रिहा गरेको छ ।
पर्सा जिल्ला अदालतबाट बुधवार मात्रै कालाबजारी मुद्दामा अनुसन्धानको लागी ५ दिनको म्याद थप गरिएको अभियुक्त नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी र डा. संजय साहलाई जिल्ला प्रहरी कार्यालय पर्साले रिहा गरेको छ ।
नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रेको केमिकल तथा औषधी प्रयोग गरेको आरोपमा पक्राउ परेका कलेजका प्रबन्ध निर्देशक अन्सारी र प्रयोगशालाका प्रमुख डा. साहलाई रिहा गरेको हो ।
मानिसको उपचारको लागी अतिनै महत्वपुर्ण विधि एवं प्रकृया परिक्षण हो । परिक्षण भन्नाले प्रयोगशालामा रगत, दिसा, पिसाव लगायत विभिन्न परिक्षण गरी त्यसको नतिजा एवं त्यसमा देखिएको समस्या समाधानका लागी चिकित्सकले औषधी उपचार गर्ने गर्छन । तर प्रयोगशालाको परिक्षण नतिजा नै गलत आए पछि औषधी उपचार पनि गलत हुन्छ र मानिसको ज्यान समेत जान सक्छ ।
यसरी मानव जिवन संगै खेलवाड गरिरहेका मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारी र प्रयोगशाला प्रमुख डा. साहलाई तामझामका साथ पक्राउ गरी मिडियाबाजी गरेर वाहवाही लिएका अनुगमन टोलीका सदस्य पर्सा प्रहरीले सहजै उनमुत्ती दिएका छन ।
एका तिर दुवै जनालाई पक्राउ गरेकै दिन देखि पहुचको बलमा बिरामीको बहानामा सुविधा सम्पन्न सैयामा घर जस्तै सुविधा दिएर वीरगंज हेल्थकेयर हस्पिटलमा राखेका थिए । मंगलवार पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद लिएका प्रहरीले उनीहरु विरुद्ध कालाबजारी मुद्दा चलाएर बुधवार पुनः ५ दिन थुनामा राख्ने गरी अनुसन्धानका लागी अदालतबाट म्याद लिए पनि बुधवार नै छाडिएको घट्नाले वर्तमान सरकार तथा गृहमन्त्रीको सुसाशनको नारा छताछुल्ल भएको छ ।
मानव जिवन संग खेलवाड गर्ने जस्ता जधन्य अपराधीलाई एका तिर कालाबजारीको मुद्दा चलाउदा नै उनीहरुलाई राहत दिए सरह भएको थियो ।
एता अभियुक्त अन्सारी र साहलाई हाजरी जमानीमा छोडिएको घट्नाले आम जनतामा गृहमन्त्री रवी लामिछानेको भनाइ र गराइमा देखिएको प्रवेतिले निरासा छाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -