सहारा दैनिक

spot_img
Homeदेशमधेशप्रयोगशालामा म्याद गुज्रिएको केमिकल फेला प्रकरणः अन्सारीलाई सुविधा उपलब्ध गराएकोमा विरोध

प्रयोगशालामा म्याद गुज्रिएको केमिकल फेला प्रकरणः अन्सारीलाई सुविधा उपलब्ध गराएकोमा विरोध

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ चैत्र ।
नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल फेला परे पछि पक्राउ परेका प्रवन्ध निर्देशकलाई प्रहरीले सुविधा उपलब्ध गराएको प्रति व्यापक विरोध भइरहेको छ ।
मानव जिवन संगै खेलवाड गर्ने गरी प्रयोगशालामा म्याद गुज्रीएको केमिकल प्रयोग गरी परिक्षण गर्ने गरेको फेला परे पछि पक्राउ परेका नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई प्रहरीले सुविधा उपलब्ध गराएको भन्दै समाजिक संजालमा व्यापक विरोध भइरहेको छ ।
पक्राउ परेका अन्सारी उपर प्रहरीले कालोबजारी ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको भए पनि पुर्णरुपले स्वस्थ्य रहेका अन्सारी र साहलाई उपचारको बहानामा हिरासतमा नराखी वीरगंज हेल्थकेयर हस्पिटलको सुविधा सम्पन्न सैयामा राखेको भन्दै समाजिक संजालमा विरोध भइरहेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज महानगरपालिका, औषधी व्यवस्था विभाग, जिल्ला फ्रशासन कार्यालय र वाणिज्य कार्यालयको संयुक्त टोलीले अनुगमनका त्रममा म्याद गुज्रिएको केमिकल फेला पारे पछि सोमवार प्रवन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको थियो ।
सुचनाको आधारमा पुगेका संयुक्त अनुगमन टोलीले सोमवार वीरगंज महानगरपालिका वडा नं. १५ स्थित रहेको मेडिकल कलेजको प्रयोगशालामा प्रयोग म्याद गुज्रीएको ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको थियो ।
नेशनल मेडिकल कलेजको प्रयोगशालामा भेट्टिएको केमिकल तथा रिएजेन्टहरु विगत दुई वर्षदेखि नै म्याद गुज्रिएको भए पनि त्यही केमिकल तथा रिएजेन्टहरु प्रयोग गरी परिक्षण गर्दै आएको श्रोतले जनाएको छ ।
यसै विच पक्राउ परेका प्रबन्ध निर्देशक र प्रयोगशाला प्रमुखलाई छुटाउन मेडिकल कलेजका व्यवस्थापकहरु शक्ति केन्द्रमा दौडधुप एवं चलखेल सुरु गरेको समाचार श्रोतले जनाएको छ भने मंगलवार नेशनल मेडिकल कलेजका केही चिकित्सक तथा कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेका थिए ।
विगत देखि नै नेशनल मेडिकल कलेजका व्यवस्थापकहरु जुन दलको सरकार भए पनि सत्ताधारी दलमा पहुंच राख्न खप्पीस मानिन्छन ।
अन्सारी र साह उपर विभिन्न मुद्दा चल्न सक्ने भए पनि हाललाई कालाबजारी ऐन अन्तरगत मुद्दा चलाउने गरी अनुसन्धान भइ रहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ केशर कुमार न्यौपानेले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -