सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, २७ चैत्र ।
विभिन्न ४० बुन्दे माग सहित आन्दोलनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
भृकुटिमण्डपबाट राप्रपाले निकालेको विरोध जुलुस निषेधित क्षेत्र तोडेर अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले हानीको फोहरा, आँश्रु ग्यास, रब्बरको गोली प्रहार र लाठी चार्ज समेत गरेको प्रदर्शनमा सहभागी राप्रपा मधेश प्रदेशका कोषाध्यक्ष जगरनाथ कुर्मीले बताउनु भयो ।
प्रदर्शनकारीले निषेधित क्षेक्र तोडेर अगाडि बढ्ने त्रममा प्रहरीले रोक्न खोज्दा ढुंगामुडा भए पछि बल प्रयोग गरेको प्रहरीले दावी गरेको छ भने राप्रपाका नेताहरुले शान्तीपुर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरी हाम्रा ३ दर्जन कार्यकर्ताहरुलाई घाइते बनाएको आरोप लगाएका छन ।
प्रहरी र पदर्शनकारी विच भएको झडपमा परी दर्जनौ राप्रपा कार्यकर्ता घाइते भएका छन भने झण्डै डेढ दर्जन कार्यकर्ता पक्राउ परेको राप्रपा नेता कुर्मीले बताउनु भयो ।
प्रहरीले भने १८ जना प्रदर्शनकारी घाइते भएका छन भने ३ जना पक्राउ परेको जनाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको हो ।
राप्रपाले राजसंस्था पुनरस्थापना, हिन्दु राष्ट्र कायम गर्नु पर्ने, गणतन्त्र र संघीयता खारेजी लगायत ४० बुंदे माग सरकारसमक्ष पेश गरेको छ ।
राप्रपाको आन्दोलनलाई लक्षित गरी सरकारले काठमाडौंमा ६ हजार सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
भद्रकाली अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढेर प्रदर्शनकारीहरू सिंहदरबार अघिको पृथ्वीनारायण शाहको सालिकसम्म पुग्दा प्रहरी र प्रर्दशनकारीबीच सामान्य झडप भएको हो ।
राप्रपाका नेताहरूले शान्तिपूर्ण तरिकाले निषेधित क्षेत्र तोड्ने यसअघि नै बताएका थिए । सोही योजना अनुसार उनीहरू भद्रकालीको निषेधित क्षेत्र तोडेर अघि बढेका थिए ।
प्रदर्शन पश्चात थापाथलीमा राप्रपाले आयोजना गरेको विरोध सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तीपुर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाउदै गृहमन्त्रीलाई राजिनामा दिन समेत माग गरेको छ ।
अध्यक्ष लिङ्देनले सिंहदरबार भित्र भ्रष्टाचारीहरु गोलबद्ध रहेको आरोप लगाउनु भयो ।
उहाले प्रहरी दमनबाट घाइते भएका ३ दर्जन आफ्ना कार्यकर्ताहरुको उपचार पार्टीले गर्ने घोषणा गर्नु भयो ।
उहाले राप्रपा जिते भने राजसंस्था पुनरस्थापना र हिन्दु राष्ट्र कायम गर्ने दावी गर्दै गणतन्त्र र संघीयता खारेज गर्ने दावी गर्नु भयो ।
उहाले राजा देखी माओवादी सम्म अटाउने नयाँ व्यवस्था ल्याउने उदघोष पनि गर्नु भयो ।
प्रदर्शनमा देशभरीबाट १ लाख भन्दा बढिको सहभागिता रहेको राप्रपा सांसद बिना जैशवालले जानकारी दिइन ।