सहारा दैनिक

spot_img
Homeसमाचारदिदीबहिनी मृत फेला

दिदीबहिनी मृत फेला

सुदूरपश्चिम, २७ चैत (रासस)
कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका(१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् ।
स्थानीय कलेसु चौधरीकी २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताउनुभयो ।
“प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ, दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधि खाइरहेको बुझिएको छ,” घटनास्थल पुग्नुभएका प्रहरी उपरीक्षक विष्टले भन्नुभयो, “घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ ।”

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -