सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ चैत्र ।
नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल फेला परे पछि प्रवन्ध निर्देशकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज महानगरपालिका र औषधी व्यवस्था विभाग, जिल्ला फ्रशासन कार्यालय र वाणिज्य कार्यालयको संयुक्त टोलीले अनुगमनका त्रममा म्याद गुज्रिएको केमिकल फेला पारे पछि प्रवन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई नियन्त्रणमा लिएको हो ।
सुचनाको आधारमा पुगेका संयुक्त अनुगमन टोलीले सोमवार वीरगंज महानगरपालिका वडा नं. १५ स्थित रहेको मेडिकल कलेजको प्रयोगशालामा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वीरगंज महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य सचिव विपीनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिनुभयो । संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका केमिकल तथा रिएजेन्टलाई जफत गरेर जिल्ला प्रहरी कार्यालयमा पठाइएको उहाँले भन्नु भयो ।
सदस्य सचिव लालदासले प्रयोगशालामा प्रयोग हुने केमिकल नै म्याद गुज्रेको प्रयोग गरेपछि आउने रिपोर्टको विश्वासनीयतामाथि नै प्रश्न चिहृन उब्जिएको बताउनुभयो ।
नेशनल मेडिकल कलेजको प्रयोगशालामा भेट्टिएको केमिकल तथा रिएजेन्टहरु विगत दुई वर्षदेखि नै म्याद गुज्रिएको फेला परेको बताइएको छ ।
पक्राउ परेका प्रबन्ध निर्देशक र प्रयोगशाला प्रमुख संग प्रहरीले बयान तथा अनुसन्धान प्रकृया अगाडि बढाएको अवस्था छ भने अर्को तर्फ उनीहरुलाई छुटाउन मेडिकल कलेजका व्यवस्थापकहरु शक्ति केन्द्रमा दौडधुप एवं चलखेल सुरु गरेको समाचार श्रोतले जनाएको छ ।
विगत देखि नै नेशनल मेडिकल कलेजका व्यवस्थापकहरु जुन दलको सरकार भए पनि सत्ताधारी दलमा पहुंच राख्न खप्पीस मानिन्छन ।
Facebook Comments Box