spot_img
Homeसमाचारराष्ट्रको पुरानो गौरव फर्काउन जुटौं–पुर्व राजा शाह

राष्ट्रको पुरानो गौरव फर्काउन जुटौं–पुर्व राजा शाह

देवराज सापकोटा–––––––––––––––
काठमाण्डौं, २४ चैत्र ।
पुर्व राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको छ ।
जुम्लामा शनिवार स्थानीय जनताले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राजा शाहले अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरव प्रति आस्था नै हाम्रो ठूलो पूंजी भएकाले आफ्नो गौरव फर्काउन सबै एक हुनुपर्ने बताउनु भएको हो ।
उहाले आज देश कता जांदैछ, तपाईहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुंदाहुंदै पनि हामी परनिर्भरता तिर गईरहेका छौं आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइ राखेका छौं भन्नु भयो ।
सम्बोधनमा उहाले कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर ख्वै ? त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौं, देश बनाउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं भन्नु भयो ।
सो अवसरमा उहाले सांच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिब्य धरोहर हो । नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिंजा सभ्यताको केन्द्रस्थलको रूपमा रहेको इतिहास छ भन्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -