सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ चैत्र ।
ज्ञानदा एकेडमी वीरगंजले आइओटि– रोबोटिक्स विभागको स्थापना गरेको छ ।
विज्ञानको क्षेत्रमा नवप्रवर्तनको शुभारम्भ गर्दै आइओटि– रोबोटिक्स विभागको स्थापना गरेको हो ।
ज्ञानदा एकेडमीले मानिस र मेशिनबीचको सम्बन्धलाई रोबोटले भविष्यको कोरियोग्राफी गर्ने विस्वास सहित +२ एनईबीको एक भाग “अल्फा–एक्स क्लब“ को चैत्र ९ गते उदघाट्न गरेको थियो ।
ज्ञानदा एकेडमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले हाम्रो भावी पुस्ताको लुकेको प्रतिभा प्रदर्शन गर्ने तथा नवीन विचारहरूलाई प्रस्फुटन गर्न यस क्लबले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।
ज्ञानदा एकेडेमीमा आइओटि–रोबोटिक्स विभागको प्रमुख इकबाल हुसैनको संरक्षणमा १२ जना कक्षा ११ मा अध्ययनरत छात्र छात्राहरु सदस्य रहने गरी क्लबको गठन गरिएको जनाइएको छ ।
ज्ञानदा एकेडेमीको आइओटि–रोबोटिक्सको प्रत्यक्ष रेखदेखमा क्लब अल्फा–एक्स क्लब साचालन हुने जनाइएको छ ।
विद्यार्थीहरूले यस परिवर्तनकारी क्षेत्रमा गहिरो चासो देखाएका छन्, रोबोटहरू मार्फत मानवीय रूपमा असम्भव कार्यहरू समाधान गर्ने सम्भावनालाई मान्यता दिंदै एकेडेमीले आफ्नो उत्कृष्ट विद्यार्थीहरूको लागि प्रसिद्धि र सफलताको लागि मार्ग प्रशस्त गर्दै अबका पुस्तालाई यस अल्फा–एक्स क्लबले जहाँ प्रविधिले शिक्षासंग निर्बाध रूपमा गांस्न सेतुको काम गर्ने छ, विद्यार्थीहरूलाई नवप्रवर्तनमा बढ्दो रूपमा निर्भर संसारमा अग्रगामी बन्न सशक्त बनाउन टेवा पुग्ने विश्वास लिइएको ज्ञानदा एकेडमीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
ठूलो उत्साहका यस क्लबका प्रतिभावान सदस्यहरूद्वारा पहिलो परियोजना अन्तर्गत स्वचालित घण्टी प्रणालीको सफलता हात पार्न सफल भएको छ । केहि हप्ताको समर्पण, सहयोग र नवीन सोच पछि, ज्ञानदाको यस क्लबले एउटा अत्याधुनिक प्रणालीको विकास गरेको छ ।
घनले हानेर घण्टी बजाउने दिनहरू गए । यस स्वचालित घण्टी प्रणालीले निश्चय नै अविश्वनीय कार्य गर्ने छ । यस परियोजनालाई वास्तविकतामा परिणत गर्न आफ्नो समय, शक्ति र विशेषज्ञता खर्च गर्ने सबै सदस्यहरुको अथक प्रयासले यो कार्य सफल भएको विज्ञप्तीमा जनाएको छ ।