सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० चैत्र ।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सांसद प्रदिप यादवले वीरगंज विकासको बाधा हटाउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद यादवले सर्वोच्चमा मुद्दा अड्किंदा औद्योगिक सहर वीरगंजको मुख्य सडक विस्तार हुन नसकेको बताउनु भयो ।
उहाले वीरगंजको मुख्य सडक मुद्दाका कारण केही वर्षदेखि ओझेलमा परेको बताउनु भयो ।
त्रिभुवन राजपथमा पर्ने मुख्य सडक सडक ऐन २०३१ अनुसार मुख्य सडकको मापदण्डभित्र पर्छ । सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकी ऐनको क्षेत्राधिकार अन्तर्गत वीरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्न सडक विभागले वीरगंजको गण्डक चोकदेखि घण्टाघर माइस्थान हुंदै मितेरी पुलसम्मको ८ किलोमिटर मुख्य सडक विस्तारको कार्य २०७६ कात्तिक १७ गतेदेखि गर्नेगरी प्रक्रिया अगाडि बढाएको भन्दै उहाले त्यही बेला केही स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो । मुद्दाको छिनोफानो नहुंदा विकास नै ओझेलमा परेको बताउनु भयो ।
सांसद यादवले सभामुख मार्फत सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन चाहन्छु कि मुद्दाको छिनोफानो तुरून्त गरेर वीरगंजको विकासको बाधा हटाइदिन अनुरोध गर्न चाहन्छु भन्नु भयो ।
वीरगंज मुख्य सडकको बाधा हटाउन सर्वोच्चलाई ध्यानाकर्षण
Facebook Comments Box