सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ चैत्र ।
पर्सा प्रहरीले पक्राउ गरेको Online ठगी गर्ने गिरोहका ३ जना चिनिया नागरिकलाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतवार पत्रकार सम्मेलनको आयोजना बरामद भएको विभिन्न उपकरण सहित ठगी गर्ने गिरोहका ३ जना चिनिया नागरिकलाई सार्वजनिक गरेको हो ।
उनीहरुले Online Lottery, Online Shopping जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तिहरूलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले सूचनाको आधारमा जिप्रकाबाट खटिएको Intelligence Team ले ठगी गर्ने गतिविधी बारे सुक्ष्मरूपमा निगरानी गर्ने चैत्र १७ गते आइतवार ३ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.१५ स्थित नन्दु पटेलको घरमा खानतलासी गर्दा विभिन्न उपकरण सहित ३ जना चिनिया नागरिकलाई पक्राउ गरेको जानकारी दिनु भयो ।
प्रहरीले घर खानतलासीका क्रममा कम्प्युटर डेक्सटप CPU– १२० थान, मनिटर–११८ थान, पासपोर्ट थान–३, मोबाईल–३५ थान, Jio Sim card–१३ थान, ल्यापटप– ४ थान, प्रिन्टर–१ थान, विभिन्न बैंकहरूका ATM CARD–३ थान, Keyboard–२६ थान, Internet Switch–५ थान, WiFi Router–२ थान,Mini Inverter–२ थान, BR01CX 5792 नम्बरको I20 गाडी, प्र.२–०३–०११ प १३६७ नम्बरको मो.सा.१ थान समेत बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट,नेपाली ५०० दरका नोट ८६ थान गरी रू.४३ हजार र कम्बोडियन ३ हजार ५ सय बरामद भएको प्रनाउ थापाले जानकारी दिनु भयो ।
त्यसै गरी ठगी गिरोहका वीमनपा वडा नं. १५ बस्ने HUNAN CHINA निवासी वर्ष ३३ को ी LIU GUI CAI, HUBEI CHINA निवासी वर्ष २६ को WANG BOHAN र वर्ष ३६ को XIANG XIAO लाई पक्राउ गरिएको प्रनाउ थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box