सहारा दैनिक

spot_img
Homeसमाचारप्रधानमन्त्रीको सहयोग रहे धेरै काम हुन्छ–गृहमन्त्री लामिछाने

प्रधानमन्त्रीको सहयोग रहे धेरै काम हुन्छ–गृहमन्त्री लामिछाने

काठमाडौँ, १० चैत (रासस)
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले अहिलेको जस्तै सहयोग दिनुभएमा धेरै काम हुने बताउनुभएको छ ।
काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गर्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पानुभयो । उहाँले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराउनुभयो ।
कांग्रेसले आफ्नो राजीनामा र संसदीय समिति बनाउन माग गरिरहेको सन्दर्भमा उहाँले सदनमा जवाफ दिन पाए राम्रो हुने बताउनुभयो । सहकारीका ठगीका विषयमा प्रतिवादी नभएको मान्छे कसरी दोषी भयो भन्दै उहाँले जिवी राई जहाँ भए पनि समातिने प्रतिबद्धता दोहोर्याउनुभयो । उहाँले सहकारीपीडितको बचत ब्याजसहित फिर्ता गराउने पनि बताउनुभयो ।
थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम–२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गर्दै गृहमन्त्री लामिछानेले सरकारमा बसेर अनैतिक काम नगर्ने पनि स्पष्ट पार्नुभयो । भ्रष्टाचारको सन्दर्भ उप्काउँदै उहाँले भन्नुभयो, “कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन् । तिनीहरू फुत्किन खोज्छन् तर, तिनलाई होसियारीपूर्वक समाइन्छ ।”

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -