सहारा दैनिक

spot_img
Homeदेशमधेशवैज्ञानिक खेतीका लागि उन्नत प्रविधिको विकासमा जोड दिन मुख्यन्त्रीको निर्देशन

वैज्ञानिक खेतीका लागि उन्नत प्रविधिको विकासमा जोड दिन मुख्यन्त्रीको निर्देशन

सहारा संवाददाता––––––––––––––––
जनकपुरधाम, ०९ चैत्र ।
मुख्यमन्त्री सरोजकुमार यादवले मधेश कृषि विश्वविद्यालयका पदाधिकारीहरुलाई वैज्ञानिक खेतीका लागि उन्नत बाली एवं प्रविधिको विकासमा जोड दिन निर्देशन दिनु भएको छ ।
मधेश कृषि विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले कृषिको मुख्य आधार क्षेत्र मधेश प्रदेशमा स्थापित कृषि विश्व विद्यालयले प्रदेशका किसानहरुलाई जिविकोपार्जनमुखी कृषि बाट व्यवसायिक एवं वैज्ञानिक कृषिमा रुपान्तरण गर्न प्रविधीको विकासमा जोड दिन निर्देशन दिनु भयो ।
उहाले हाम्रो मुलुकनै कृषि प्रधान हो , त्यसमा पनि मधेश प्रदेशको मुल अर्थव्यवस्था नै कृषिमा आधारित छ । तसर्थ हाम्रौ गौरवको योजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालयले माटो सुहाउदो प्रविधिको विकास गर्नुको विकल्प छैन ।
उहाले कृषि क्षेत्रमा भइरहेको ह्रासलाई नियन्त्रण गर्दै वैज्ञानिक कृषिका लागि विश्व विद्यालयले गर्ने अनुसन्धान लगायतको कार्यमा प्रदेश सरकार हरसम्भव तैयार रहेको बताउनु भयो ।
कृषिको विकास विना मधेश प्रदेशको विकास सम्भव नरहेको यथार्थलाई स्वीकार्य गर्दै मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालयको स्थापना गरेको बताउदै मुख्यमन्त्री यादवले यसले दक्ष प्राविधिक उत्पादन गर्छ नै साथै उन्नत बालीको विकास र प्रविधिमा समेत उल्लेख्य भूमिका निर्वाह गर्नु पर्दछ भन्नु भयो ।
जनकपुरधाममा शुक्रवार आयोजित तेस्रो विश्वविद्यालय सभाले विश्वविद्यालयले पछिल्ला दिनमा गरेका कार्यहरुको अनुमोदन गर्नुको साथै अगामी दिनमा विश्वविद्यालय संचालन लगायतका कार्यमा आवश्यक पर्ने निति नियमहरु पारित गरेको छ ।
विश्वविद्यालयका कुलपति समेत रहनु भएका मुख्यमन्त्री यादवको अध्यक्षतामा आयोजित सभामा मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुर , सभाका सदस्यहरु निती तथा योजना आयोगका उपाध्यक्ष नाथुराम चौधरी, जागेश्वर यादव, डा. प्रकाश कुमार यादव, कृषि वैज्ञानिक उर्मिला साह, शिक्षा तथा संस्कृति मन्त्रालयका नि.सचिव महेन्द्र महतो,प्रा. डा. कन्हैया प्रसाद सिंह, उपकुलपति डा वैद्यनाथ महतो, रजिष्ट्रार भगवान ठाकुर लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -