सहारा दैनिक

spot_img
Homeदेशमधेशसाठ्ठी लाख भन्दा बढिको अवैध सामानहरु लोड पाँच मालबाहक सवारी साधन नियन्त्रण

साठ्ठी लाख भन्दा बढिको अवैध सामानहरु लोड पाँच मालबाहक सवारी साधन नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ चैत्र ।
पर्सा प्रहरीले अवैध सामानहरू लोड रहेको पाँच मालबाहक सवारी साधन नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगर क्षेत्रको विभिन्न स्थानबाट अवैध सामानहरू लोड रहेको एक पिकअप गाडि र चार ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले बुधवार साढे १० बजे राती वी.म.न.पा.वडा नं.८ घण्टाघर स्थित सडकखण्डमा ना.३ ख ७६५६ र प्र.३–०३–००१ ख ००९८ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा विलविजक भन्दा बढी लोड रहेको खाद्यान्न, खुद्रा र प्याजहरू देखिए पछि नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
उक्त ट्रकहरुमा लोड रहेको मालबस्तुहरूको अ.मू.रू.२९ लाख ४८ हजार ४ सय १३ रहेको जनाइएको छ ।
त्यसै गरी बुधवार बेलुकी नै वीमनपा वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट काठमाण्डौं तर्फ जांदै गरेको भारतीय द्यच्ण्छन् ढढढद्द नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा विबविजक भन्दा बढि अ.मू.रु.१५ लाख ८४ हजार २१ मुल्य बराबरको कुर्ता सुरवाल लोड रहेको उक्त पिकअप पनि नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले बिहिवार बिहान (राती) डेढ बजेको समयमा वी.म.न.पा.वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना.३ ख ३७४ र ना.३ ख ४८७७ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजांच गर्दा विलविजक भन्दा बढि खाद्यान्न तथा खुद्रा सामानहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिइएको जिप्रकाले जनाएको छ ।
उक्त खाद्यान्न तथा खुद्रा सामानहरू अ.मू.रू.१७ लाख ७७ हजार १ सय ६० बराबरको रहेको प्रहरीले जनाएको छ ।
यसै क्रममा प्रहरी टोलीले बुधवार बेलुकी वी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थितबाट वेवारिसे अवस्थामा अ.मू.रू.४ लाख मुल्य बराबरको हार्डवेयर मोटर पार्टसहरु नियन्त्रणमा लिएको छ भने बिहिवार दिउसो वी.म.न.पा.वडा नं.९ रेल्वे रोड स्थितबाट अं.मू.रू.५२ हजार बराबरको ऋयतअय चक्लेटहरू १० कार्टुन वेवारिसे अवस्थामा बरामद गरिएको जिप्रकाले जनाएको छ ।
जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाका अनुसार नियन्त्रणमा लिइएको मालवाहक सवारी साधनमा लोड रहेको र अन्य स्थानबाट बरामद गरिएको मालसामानको अ.मू.रु.६७ लाख ६१ हजार ५ सय ९४ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा र वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -