सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ चैत्र ।
वीरगंज स्थित भिष्वा होटलको क्यासिनोबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
क्यासिनोमा नेपालीहरूलाई अनाधिकृतमा प्रवेश गराइ जुवा खेलाउदै गरेको विशेष सूचनाको अधारमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्साबाट पुगेको प्रहरी टोलीलाई अवरोध गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।
भिष्वा होटलको क्यासिनोमा प्रवेश गर्न खोज्दा प्रहरी टोलीसंग वादविवाद तथा प्रहरी कारवाहीमा वाधा अवरोध गरेको हुंदा ऋःन् ऋगिद को सेक्युरिटी गार्ड कास्की जिल्ला पोखरा म.न.पा.वडा नं.१५ बस्ने वर्ष ३२ को प्रताप लामा, ऋःन् ऋगिद को ःबचपभतष्लन ःबलबनभच सर्लाही जिल्ला बरहथवा न.पा.वडा नं.११ बस्ने वर्ष ३४ को उमेश कार्की, ऋःन् ऋगिद को फ्लास मनिटर वीरगंज महानगरपालिका वडा नं.१६ नगवा बस्ने वर्ष ३४ को पप्पु सिंह र वीमनपा वडा नं.८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई पक्राउ गरिएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box