सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ चैत्र ।
ईलेक्ट्रोनिक्स सामानहरू लोड रहेको मालवाहक ट्रक पर्सा प्रहरी नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट ईलेक्ट्रोनिक्स सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.६ ख ५२५४ नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी सामानहरु लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक भित्र लोड रहेको एयधभच दबलप,भबच दगमक मालबस्तुहरूको (उल्लेखित विल अनुसार) अ.मु.रू.१ करोड ९१ लाख ७८ हजार ६ सय ८१ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box