spot_img
Homeदेशमधेशमितलको स्वीट मार्ट फूड प्रा.लि.लाई नक्कली कन्फेक्सनरी उत्पादन तथा विक्रि वितरण रोक्न...

मितलको स्वीट मार्ट फूड प्रा.लि.लाई नक्कली कन्फेक्सनरी उत्पादन तथा विक्रि वितरण रोक्न अन्तरकालिन आदेश

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ चैत्र ।
अर्काको उत्कृष्ट ब्राण्ड नक्कल गरी उपभोक्तालाई ठगी गर्ने शंकर मितलको स्वीट मार्ट फूड प्रा.लि. वीरगंज उपर उद्योग विभागले १ वर्ष पहिले नै अंकुश लगाएको समाचार बुझिन आएको छ ।
सुजल फूड्स प्रा.लि. पोखराको उत्कृष्ट ब्राण्ड ECLAIRS र BUBBLE FUN को नक्कल गरी कन्फेक्सनरी उ्रत्पादन गरी उपभोक्तालाई ठगी गरिरहेका मितलको स्वीट मार्ट फूड प्रा.लि.को उत्पादनको विक्री वितरण रोक्न उद्योग विभागले २०७९ फागुन २९ गते नै अन्तरकालिन आदेश दिएको बुझिन आएको हो ।
उद्योग विभागको आदेश विपरित मितलले आफ्नो उद्योगबाट सुजल फूड्स प्रा.लि.को ब्राण्ड नक्कल गरी कमसल एवं गुणस्तरहिन कन्फेक्सनरी उत्पादन गरी उपभोक्ता ठगी गरिरहेको देखिए पनि प्रहरी प्रशासनले कुनै किसिमको कारवाही नगरेको अवस्था एकातिर छ भने अर्को तिर उद्योग विभागले पुनः २०८० फागुन २१ गते उपस्थित हुन स्वीट मार्ट फूड प्रा.लि.लाई ७ दिन भित्र उपस्थित हुन आदेश दिएको भनि समाचार सार्वजनिक भएको थियो ।


विभागले पत्रसाथ निवेदक सुजल फूड प्रा.लि.ले विपक्षी स्वीट मार्ट फूड प्रा.लि.बाट क्षतिपुर्ती वापत करोडौं रकम पाउनु पर्ने दावी समेतको वेहोराको निवेदन समेत पठाएका थिए ।
सो सम्बन्धमा समाचार सार्वजनिक भए पछि स्वीट मार्ट फूड प्रा.लि.का संचालक शंकर मितलले पत्रकार सम्मेलन गरेर आफुले कुनै किसिमको गैरकानुनी कार्य नगरेको बताए पनि उद्योग विभागबाट भएको कारवाही अर्थात उपस्थित हुन आएको पत्र बारे स्वीकार गरेका थिए भने निजले नक्कल गरी उत्पादन गर्ने गरेको ब्राण्ड उत्पादन नगर्न दिएको आदेश बारे केहि बोलेका थिएनन् ।
प्राप्त समाचार अनुसार उद्योग विभागले शंकर मितलको स्वीट मार्ट फूड प्रा.लि.लाई २०७९ फागुन २९ गते नै पत्राचार गरी उजुरी कर्ता सुजल फूड प्रा.लि. पोखराको तर्फबाट स्वीट मार्ट फूड प्रा.लि.ले ECLAIRS र BUBBLE FUN नामक ट्रेड मार्कको गैर कानूनी रुपमा प्रयोग गरी हुवहु नक्कल गरेको २०७९ अषाढ ३० गते विभागमा दर्ता भइ सो उजुरी सम्बन्धमा विभागबाट २०७९ फागुन २५ मा उजुरी कर्ताको नाममा वर्ग ३० मा दर्ता गरेको ECLAIRS र BUBBLE FUN नामक ट्रेड मार्कको नक्कल गरी ECLAIRS र BUBBLE BOOM ट्रेड मार्क प्रयोग गरी उत्पादन तथा विक्रि वितरण गरेको देखिएकोले ECLAIRS र BUBBLE BOOM ट्रेड मार्क प्रयोग गरी कन्फेक्सनरीका उत्पादन तथा विक्रि वितरण नगर्नु/नगराउनु भनि अन्तरकालिन आदेश भएको वेहोरा सहित जानकारी गराइएको पत्र राष्ट्रिय सहारालाई प्राप्त भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -