सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ चैत्र ।
पर्सा प्रहरीले हुण्डी कारोबारीमा सलंग्न चार जनालाई नगद रकम सहित पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट विभिन्न कागजातका साथै नगद रु. ४ लाख ३ हजार सहित ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले बिहिवार हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वी.म.न.पा. वडा नं. १० बस्ने बर्ष ३२ को कुनाल कुमार जैसवाल, वडा नं २२ बस्ने बर्ष ३९को बिरेन्द्र साह तेली, बर्ष २० की रेखा कुमारी साह र पर्सा जिल्ला जगरनाथपुर गा.पा.वडा नं. ६ बस्ने बर्ष २५को मितु कुमार कुर्मी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुबाट बिभिन्न बैंकहरूको चेकबुक थान –१३,बिभिन्न बैंकहरूको काटिएको चेक थान –६६ , डिपोजिट स्लिफ थान– ५, नगद रु.४ लाख ३ हजार, ब्त् ःअबचम थान–३ र ब्लमचयष्म क्बचत एजयलभ थान–७ बरामद भएको जिप्रका पर्साका फ्रवक्ता कुमार वित्रम थापाले जानकारी दिनु भयो ।
पक्राउ परेकाहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनु भयाो ।
Facebook Comments Box