सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ फागुन ।
लागु औषध गाँजा र नाइट्राभेट ट्याबलेट सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका कार्यालयहरुले छुट्टा–छुट्टै स्थानबाट लागु औषध गाँजा र नाइट्राभेट ट्याबलेट सहित तीन जनालाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.९ घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनमा पर्सा जिल्ला सखुवाप्रसौनी गा.पा.वडा नं.८ निवासी ५५ वर्षीय ध्रुव ठाकुरले सेतो प्लाष्टिकको झोला लिई संकाष्पदरूपमा बस्दै गरेको अवस्थामा खानतलासी गर्दा निजले झोलाभित्र लुकाइ छिपाई राखिएको लागु औषध गाँजा ३ किलो ५०० ग्राम फेला परेको जिप्रका पर्साले जनाएको छ ।
त्यसै गरी सशस्त्र प्रहरी वल नेपाल बि.ओ.पि.ड्राइपोर्ट प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त चेकिङ टोलीले वीमनपा वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट १ किलो ८०० ग्राम गाँजा बरामद गरेको छ ।
संयुक्त टोलीले विश्रामपुरबाट वीरगंज तर्फ आउदै गरेको ना.१३ प ६५९५ नम्बरको मोटरसाईकलमा सवार वीमनपा वडा नं.१६ फुलवारी टोल बस्ने वर्ष ४५ को ईसलाम मियाँको शरीर खानतलासी गर्दा निजले प्लाष्टिकको झोलामा लागु औषध गाँजा टेपले वेरेर आफ्नो शरीरमा लुकाइ छिपाइ राखिएको अवस्थामा फेला परेको जिप्रकाले जनाएको छ ।
यसरी नै लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट सुचनाको आधारमा खटिएको संयुक्त चेकिङ टोलीले पावरहाउस चोक देखि गण्डकतर्फ पैदल जांदै गरेको वीमनपा वडा नं.१३ राधेमाई बस्ने वर्ष ४८ को बिनोद गुप्तालाई रोकेर शरीर खानतलासी गर्दा निजले बोकेको प्लाष्टिकको झोलामा ६० पत्तामा प्रतिबन्धित लागु औषध नाईट्राभेट ट्याब्लेट फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध गाँजा र नाईट्राभेट ट्याब्लेट सहित पक्राउ परेका तीनै जना उपर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box